पशुपतिनाथ परिसरमा स्वामी विवेकानंद सांस्कृतिक केन्द्रद्धारा भरतनाट्यम नृत्यको प्रस्तुति (फोटो फिचर)
समयपोष्ट
२०७७ फागुन २८ गते ८:२३
भारतीय राजदूतावासको स्वामी विवेकानंद सांस्कृतिक केन्द्र काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको पवित्र तटमा भरतनाट्यम नृत्यको प्रस्तुति आयोजना गरेको छ ।
महाशिवरात्रिको अवसरमा बिहिवार साँझ ६ देखि ७ को बीचमा उक्त नृत्य प्रस्तुति आयोजना गरेको हो ।
प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथ भारतको प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव तांडव, नाटेश कौथुभम आदि प्रस्तुत गरेका थिए ।
यस सँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक-सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने भारतीय राजदूतावासले बिश्वास गरेको छ ।
प्रतिक्रिया