बुधबार, २६ वैशाख २०८१

यौनकार्य कति दिनमा, कति पटक उचित ?

समयपोष्ट २०७७ फागुन २७ गते १८:५२

Advertisement

यौनसम्पर्क घटबढ हुनुमा जोडीको रुचि, अवस्था, वातावरण, उमेर, स्वास्थ्य लगायतले प्रभाव पारेको हुन्छ । यौनसम्पर्क कति पटकलाई सामान्य मान्ने भन्ने प्रश्नको उत्तर भेटिदैन । तर, अनुसन्धानकर्ताहरुले यसको बारेमा केही तथ्य फेला पारेका छन् ।

अध्ययन अनुसार सामान्य १८ वर्ष देखि २९ वर्षको उमेरका जोडीले वर्षमा १ सय १२ पटक यौनसम्पर्क अर्थात् लगभग तीन दिनमा एक पटक यौनसम्पर्क भयो भने त्यसलाई सामान्य मानिन्छ ।

यस्तै, ३० देखि ३९ वर्षका जोडीले वर्षमा ८६ पटक अर्थात् चार दिनमा एक पटक सेक्स गरे त्यसलाई सामान्य रुपमा लिइन्छ । उमेर बढेसँगै यौन क्रियाकलापमा समेत कमी हुँदै जाने भएकाले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यही अनुपातमा कमी हुने अनुसन्धानकर्ताहरु बताउँछन् ।

यौनकार्यमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ ।कोही पाको उमेरको व्यक्तिले धेरै पटक सेक्स गर्न पनि सक्छ ।एजेन्सी

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री