शुक्रबार, १४ वैशाख २०८१

अर्घाखाँचीमा यसरी मनाइयो महिला दिवस

समयपोष्ट २०७७ फागुन २४ गते १७:१६

Advertisement

अशोक खनाल
अर्घाखाँचीमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा महिलामाथि हुँने हिंसा अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइएको छ ।

सोमबार आयोजित कार्यक्रममा महिला विरुद्ध हुने जुनसुकै हिंसा अन्त्यका लागि स्थानीय सरकारले विभिन्न संयन्त्र मार्फत आवश्यक काम कारवाही अगाडी बढाईरहेको समेत जानकारी दिइयो ।

लैगिंक विभेद,बोक्सी,दाइजो प्रथा,बालविवाह, जातीय विभेद जस्ता उत्पीडन अन्त्यका लागि सबै पक्ष एक हुनुपर्नेमा जोड दिइयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, नगर उपप्रमुख ठाकुर कुमार बिक , प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा , शिक्षा शाखा प्रमुख युगलनारायण बस्याल,एस एस डिसि कपिलवस्तुका प्रतिनिधि हरि अधिकारी,राजनीति दलका पार्टी सम्बद्ध महिला नेतृहरु, सामाजिक संजालका प्रतिनिधि, संचारकर्मी तथा नगरका स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो

कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने १५ जना महिला मजदुरहरुलाई सम्मान गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री