मंगलबार, ६ चैत २०८०

एमाले र माओवादी केन्द्र ब्यूँझिएपछि यस्तो आयो सुर्य थापाको प्रतिक्रिया

समयपोष्ट २०७७ फागुन २३ गते १७:०६

Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसलाले खुसी दिएको बताएका छन् ।

सर्वोच्चले एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्ववत् एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि थापाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।
उनले फैसलाको एक अंश राख्दै भनेका छन्, ‘सर्वोच्चको फैसला–सबै खुशी देखिन्छन् त !’

अदालतले आइतबार केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको थियो । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो

प्रतिक्रिया

सम्बन्धित सामाग्री