शुक्रबार, १४ वैशाख २०८१

प्रचण्ड-नेपालप्रति कटाक्ष गर्दै ओलीले भने- जतिबेला पायो त्यतिबेला लड्ड खाने गरिएको छ आज दिपावली गर्दै लड्ड खाए हुन्छ

समयपोष्ट २०७७ फागुन २२ गते १९:४१

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भएको बताएका छन् ।

शनिबार मेलम्चीको पानी सुन्दरीजलमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौंमा आएको अवसरमा घरघरमा दिपावली गर्न र लड्डु खान आग्रह गरे ।

प्रधानमन्त्री ओलीले काठमाडौंवासीलाई बधाई तथा शुभकामना दिदैँ भने, ‘लामो समयको प्रतिक्षा अब पूरा भएका छन् । अब केही दिनभित्र तपाईंहरुको धारामा पानी वितरण हुनेछ ।’

प्रधानमन्त्री ओलीले जतिबेला पायो त्यतिबेला लड्डु खाने गरिएको भन्दै यस्तो खुसीयालीमा लड्डु खानुपर्ने बताए ।

‘जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । खुसीको बेला खानुपर्छ,यहाँ त लड्डु ल्याइएन आज तर घरघरमा दिपावली गर्दै लड्डु ल्याएर खाए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री