शुक्रबार, १४ वैशाख २०८१

जीवन बीमामा प्रतिस्पर्धा हैन, गलत खेल हुन थालेको छ

समयपोष्ट २०७७ फागुन २१ गते ११:४९

Advertisement

जीवन बीमा क्षेत्रलाई कोभिड–१९ ले कस्तो प्रभाव पार्‍यो ?
कोभिडका कारण जीवन बीमा क्षेत्रमा कस्तो प्रभाव पर्‍यो भन्ने तथ्याङ्क अहिलेसम्म देखिएको छैन । जीवन बीमाको क्षेत्र र प्रिमियमलाई मात्र हेर्ने हो भने लकडाउनअघि २०७६/७७ मा व्यवसाय राम्रो भएको छ । इण्डष्ट्री ग्रोथमात्रै झण्डै ३५ प्रतिशत देखिएको छ । २०७७/७८ मा पनि २२–२३ प्रतिशतको ग्रोथ देखिएको छ । व्यावसायिकरुपमा हेर्दा जीवन बीमा क्षेत्रमा यसले त्यति नकारात्मक असर गरेको देखिँदैन । बरु यसले मानिसहरुलाई बीमाप्रति अप्रत्यक्षरुपमा सचेतना जगायो । कोभिडअघि हामीले मुखैले बीमाबारे सचेतना जगाउँदै हिड्यौँ तर कोभिड आइसकेपछि संसारका मै हुँ भन्ने भौतिकतावादी मुलुकदेखि साना–साना मुलुकमा पनि महामारीले नराम्रो असर गर्‍यो । मानिसको परिवार नै सखाप हुनेजस्तो अवस्था सिर्जना भयो, जसले गर्दा जीवनप्रति अत्यन्त धेरै जोखिम रहेछ भन्ने मान्यताले यो व्यवसायमा वृद्धि भएको देखिन्छ । जीवन बीमाप्रति आकर्षण बढेको जस्तो देखिन्छ ।

हामी पनि त्यही अर्थतन्त्रकै पाटो भएको हुँदा अर्थतन्त्रको आकार जसरी बढ्दै जान्छ, अर्थतन्त्र जसरी चलायमान हुँदै जान्छ, त्यसको आकारमा मात्र व्यावसायिक गतिविधि बढ्ने, त्यही व्यावसायिक गतिविधिको आकारमा मानिसको आय बढ्ने, आयको आधारमा मानिसको जोखिम बहन गर्न सक्ने क्षमता वृद्धि हुने र त्यसकै आधारमा मात्र बीमा बढ्नुुपर्ने हुन्छ । अर्थतन्त्रका अन्य सूचकहरु त्यति सकारात्मक देखिइसकेका छैनन् । वल्र्ड बैङ्क, एशियन डेभलपमेण्ट बैङ्कलगायत सबैले यस वर्ष नेपालको आर्थिक वृद्धिदर राम्रो हुँदैन भनेका छन् । अर्थमन्त्रीले बजेट झण्डै दुुई–तीन खर्ब नै घटाएको अवस्था छ । बजेट १३ खर्ब चानचुनमा घटेको जस्तो लाग्छ । यता, अर्थतन्त्रको आकार खुम्चिँदै गएको जस्तो देखिन्छ । आर्थिक गतिविधि लयमा फर्किएको जस्तो देखिएको छैन । राष्ट्र बैङ्कका गर्भनरले असारसम्मका लागि पुनर्तालिकीकरण गरिदेऊ, साँवा–व्याज तिर्ने समय बैङ्कहरुले थपिदिनुपर्छ भनिरहेका छन् । अर्को, अर्बौं–खर्बौं रुपैयाँ बैङ्कहरुले कोभिड प्रभावित क्षेत्रमा बढाउने भन्ने भइरहेको छ । सफ्ट लोनका कुराहरु पनि आइरहेका छन् । त्यसकारण सबै ठाउँमा गत वर्षभन्दा कम आर्थिक गतिविधिहरु भइरहेका छन् । यो वर्ष निर्जीवन बीमामा पनि पाँच प्रतिशतको मात्र ग्रोथ देखिएको छ भने जीवन बीमामा २२–२३ प्रतिशत मात्र देखिएको छ । समग्र अर्थतन्त्रमा परेको असर हेरिसकेपछि मात्रै बीमामा कोभिडले पारेको असरबारे भन्न सकिन्छ । कम्पनीहरुको तथ्याङ्क हेर्दा पोहोर सालभन्दा नवीकरण बीमा शुल्क कम भएको जस्तो देखिएको छ । पोहोर सालअघि ७० प्रतिशतको ग्रोथ थियो । त्यसपछि ३५ प्रतिशत, अहिले अर्धवार्षिकमा २२ प्रतिशतको ग्रोथ देखिएको छ ।

यसमा जोखिमका लागि नयाँ बीमित आए, पुरानाले नगरेका हुन् । अहिले बजारमा सिङ्गल प्रिमियमको कुरा आइरहेको छ । सिङ्गल प्रिमियम भनेको पनि खाली देखावटीरुपमा प्रिमियमको आकार देखाउने चिजमात्र हो । त्यसको नवीकरण बीमा शुल्क हुँदैन । नवीकरण बीमा शुल्क कम हुँदै जानुुले कतै सिङ्गल प्रिमियममा मात्रै आकर्षण देखिएको हो कि ? तथ्याङ्कले यही भन्न सक्ने अवस्था छैन । तर, यो विषयमा हामी असाध्यै संवेदनशील भएका छौं । व्यवसाय वृद्धि भइरहँदा पनि यो के कारण हुँदै छ भनेर चनाखो भएका छौं । ढुक्क भएर हाम्रो अर्थतन्त्रमा कोभिडको असर नपरेकै हो भन्न सक्ने अवस्था छैन । २०७८ असार मसान्तसम्मको अवस्था हेर्दा मात्र जीवन बीमा क्षेत्रमा कोभिडको असर कस्तो पर्यो भन्न सकिन्छ ।

बीमा समितिले कोरोना बीमा ल्यायो । त्यो सुरुबाटै विवादित भयो । अहिलेसम्म विवादित छ । यसले समग्र उद्योगलाई कस्तो असर गर्‍यो ?
पहिलो कुरा, यो बीमा नै होइन । बीमा समितिको अग्रसरतामा यो चिज आयो । यसलाई सामाजिक सुरक्षाका रुपमा मात्रै परिभाषित गर्न सकिन्छ । किनभने, यो बीमाको सिद्धान्तभित्रै पर्दैन । बीमा भनेको क्षतिपूर्तिको सिद्धान्त हो । छ सय रुपैयाँ तिरेर एक लाख रुपैयाँ दिने भन्नेबितिक्कै यो बीमा होइन । किनभने क्षति भएकै छैन । क्षति हुनसक्ने सम्भावित सूचक हो । यो जरो आयो भने पैसा दिन्छुु भनेको जस्तो भयो । जरो आउनुु भनेको रोगको लक्षण हो । यसले नोक्सान गरिहाल्दैन । त्यसकारण कोभिड पोजेटिभ देखिनेबितिक्कै पैसा दिन्छुु भन्दा यो जोखिम बहन गर्ने अथवा क्षतिपूर्ति दिने अवस्था नै भएन । त्यसैले पहिलो कुरा यसलाई बीमा नै नभनौँ ।

दोस्रो, यो विषयमा एकदम हतारमा निर्णय गरियो । मैले कति लगानी गर्छु र त्यसको प्रतिफल कति आउँछ भन्ने मान्यतामा संसार चल्ने हो । शिक्षा, व्यापार, व्यवसाय, चाहे जेसुकै होस्, त्यसमा लगानी र प्रतिफल हेर्ने हो । छ सय रुपैयाँ लगानी गरेर एक लाख प्रतिफल पाउने भन्ने संसारमा कुनै पनि त्यस्तो व्यवसायको क्षेत्र नै छैन । त्यसकारण यसलाई सामाजिक सुरक्षाको रुपमा हेरिनुपर्छ ।

अर्थतन्त्र नचल्दा जति त्यसबाट नोक्सानी हुन्थ्यो, कोभिड बीमाको कारणले त्यसो हुन पाएन । त्यसले जीवन बीमा, निर्जीवन बीमा कम्पनीको व्यवसायमा ह्रास नआई केही प्रतिशत भए पनि गत वर्षको तुलनामा व्यवसायमा सकारात्मक वृद्धि छ ।

जुनसुकै कुरा पनि पहिले प्रयोगमा ल्याउँदा त्यसबाट हुनसक्ने सकारात्मक र नकारात्मक पाटा के हुन सक्छन् ? पूर्वाभ्यास गरेर त्यसका सर्तहरु प्रष्ट तोकिनुुपर्दथ्यो । यसका सर्त बन्देजहरु राम्रोसँग पहिले अभ्यास गरिएन । पछिल्ला दिनमा यसका थप सर्त बन्देजहरु थपिँदै गएपछि यो विवादित बन्यो । अर्को, हामी आफैले पनि कतै हाम्रै कारण यो विवादित बनेको त होइन ? भनेर सोच्नुुपर्छ । कहिले नक्कली पीसीआर रिपोर्ट ल्यायो भनेको छ, कहिले एक व्यक्तिले दुुई–तीनवटा कम्पनीमा बीमा गर्यो भनेको छ । महामारीको समयमा जनतालाई राहत दिऊँ न भनेर ल्याएको कुरामा अर्कै किसिमले थप लाभ लिने गलत क्रियाकलापहरु भए । यसले गर्दा पनि कोरोना बीमा विवादित बन्न पुुग्यो । अहिले २० वटा बीमा कम्पनीहरुले एक अर्बसम्म दाबी दिने, बाँकी एक अर्ब रि–इन्स्योरेन्सले, ५० करोड बीमा कम्पनीको पुनर्बीमा कोषबाट र त्यसपछि नेपाल सरकारले दिने भइसकेको हुनाले बिस्तारै दाबी भुक्तानीको प्रक्रिया सुुरु भइसकेको छ । जुन हिसाबले विगतमा यसबारे नकारात्मक प्रचारहरु भए, त्यसमा एकातिर केही सुधारहरु भएका छन् । निर्जीवन बीमा कम्पनीका साथीहरुको भनाइअनुसार, कोभिड बीमा भएपछि लकडाउनको समयमा मानिसहरुले जति सतर्कता अपनाएर घरमै बस्नुुपर्ने हो, त्यो भएन र आर्थिक क्रियाकलापहरु त्यति खराब भएन भन्ने छ । त्यसकारण पनि हामीलाई यसको त्यति नकारात्मक असर परिहालेको छैन । त्यो समय बैङ्क बीमा कम्पनीहरु सुचारु नै रहे । सबै कम्पनीहरुले फ्रन्टलाइनका कर्मचारीहरुको कोभिड बीमा गरायो । सुरक्षित भएर काम गरौँ भन्ने भावनाले गर्दा पनि अर्थतन्त्र चलायमान भइरह्यो । अर्थतन्त्र नचल्दा जति त्यसबाट नोक्सानी हुन्थ्यो, कोभिड बीमाको कारणले त्यसो हुन पाएन । त्यसले जीवन बीमा, निर्जीवन बीमा कम्पनीको व्यवसायमा ह्रास नआई केही प्रतिशत भए पनि गत वर्षको तुलनामा व्यवसायमा सकारात्मक वृद्धि छ । पहिले यो अवधि समाप्त हुने बेलासम्म कुरौँ, त्यसपछि मुुलुकको अर्थतन्त्र कता जान्छ, कस्तो लय समात्छ ? हेरौँ, अनि मात्रै कोभिड बीमाले ल्याएका नकारात्मक र सकारात्मक कुराको विवेचना गरेर यकीन गर्न सकिन्छ । पल्स–माइनस जेमा पनि हुुन्छ । पल्स बढी भयो कि माइनस ? भनेर हेर्ने त हो । सबै कुरा सतप्रतिशत पल्स त हुँदैन । पल्स–माइनस गर्दै जाँदा एउटामात्र पल्स भए पनि राम्रै हो । अर्थतन्त्रमा त्यस्तो नकारात्मक असर परेन भने यसलाई राम्रै दृष्टिकोणले हेर्नुपर्छ ।

कोरोनाले गर्दा विभिन्न क्षेत्रका काम गर्ने तौरतरिका परिवर्तन भए । यहाँहरुले पनि डिजिटल माध्यमबाट बीमालेख जारी गर्नुभयो । अब बीमालाई सम्पूर्णरुपमा डिजिटलाइज्ड गराउन सकिँदैन ?
बीमालाई सतप्रतिशत प्रविधिसँग मिलाएर अनलाइन गर्न सकिँदैन । बैङ्कमा कर्जा लिँदा, खाता खोल्दा त्यहाँ व्यक्ति उपस्थित नभए पनि हुन्छ । बीमामा जीवन बीमा गर्ने व्यक्ति तन्दरुस्त, स्वस्थ छ कि छैन भनेर उसको शारीरिक जानकारी लिनुपर्ने हुन्छ । स्वास्थ परीक्षण प्रतिवेदनदेखि कतिपय अवस्थामा उमेरको आधारमा अथवा बीमाङ्क रकमको आधारमा परीक्षणहरु पनि गर्नुपर्ने हुन्छ । ईसीजी, इको, टीएमटी, प्याथोलोजिकल टेष्टजस्ता जाँचहरु अनलाइनबाट गर्न सम्भव हुँदैन । त्यसकारण जीवन बीमा क्षेत्रमा यो सतप्रतिशत हुन सक्दैन । एउटा निश्चित बीमाङ्क रकमसम्मको जति जोखिम कम्पनीले व्यहोर्न सक्छ, जस्तो– प्राइम लाइफले पाँच लाखसम्मको बीमा अनलाइन गरिदिन्छौं भनेको छ, त्यसका लागि केही गर्नुपर्दैन, फर्म भरे पुग्छ । त्यसका लागि हामीले याक्सेस कोड दिन्छौं, पैसा अनलाइन, डेबिट, क्रेडिट कार्डबाट तिर्दा हुन्छ । पाँच लाखमात्र किन भन्दा त्यति जोखिम हामी लिन सक्छौँ । फेरि सामान्यतया मान्छेले आफ्नोबारेमा ढाँट्दैन । परमविश्वासको सिद्धान्तमा काम गरेको हुनाले मैले घरमा बसेर बीमा गर्न पाउँछु भने बीमा कम्पनीलाई किन ढाँट्ने भन्ने सोचमा काम हुन्छ भन्ने मान्यतामा हामीले गरिराखेका छौं । तर, पाँच लाखभन्दा बढीका बारेमा भने धेरैपटक सोच्नुुपर्ने हुन्छ । किनभने, मैले मेरो रि–इन्स्योररकहाँ रिस्क पठाउनुुपर्छ । मेरो रिस्क मैले लिन सक्छुु तर अर्कोले लिने रिस्कको जिम्मा मैले लिइदिनुभएन । उसले पनि मान्नुपर्यो । भोलि उसले पनि एउटा लेवलसम्मकोलाई मान्यता दियो भने त्यहाँसम्म जान सकियो । यसलाई बीमा समितिले कम्पनीले आफ्नो सुरक्षा हेरेर जोखिम लिन सक्ने सीमाभित्र बसेर यदि पुनर्बीमा गर्नुपर्छ भने बीमकको पनि स्वीकृति छ भने डिजिटल्ली गरेको चिजलाई पूर्ण सर्मथन छ भन्ने किसिमले समितिले गर्नुपर्यो । आजकाल डिजिटल सिग्नेचरको जमाना छ । कम्प्युटर, मोबाइल, ल्यापटपबाट हुन्छ कि थम्ब इम्प्रेसन पठाएर हुन्छ कि केही किसिमले डिजिटल प्रोभिजन पठाएर हुन्छ कि केही किसिमले गर्नुपर्यो । यो फेरि मुलुुकको साइबर याक्टसँग पनि जोडिन्छ । त्यसकारण राज्यले पनि मानिदिनुुपर्यो । बीमा समितिले मात्र मानेर पनि भएन । साइबर याक्टको प्राक्टिकालिटीलाई हेरिदिएर यतिसम्म गर्यो भने फरक पर्दैन भनेर गरिदियो भने हुन्छ होला । पेमेन्टको मात्र पार्टमा एकपटक बीमा भइसकेपछि संसारको जुनसुुकै कुुनाबाट पूर्ण प्रविधिको माध्यमबाट पैसा तिर्न सकिन्छ ।

हामीले महामारीको अवधिमा प्रविधिको उच्चतम प्रयोग गर्‍यौं । पहिले अभिकर्ताहरुलाई तालिम दिन, केही कुरा बुुझाउन एउटा सेड्युुल बनाएर दुुई–तीन जनाको टिम बनाएर जानुुपथ्र्यो भने अहिले जुम, वेभिनारबाट सय जनासम्म अभिकर्ताहरुलाई राखेर तालिम, छलफललगातका कुराहरु कार्यालयमै बसेर गर्यौं । धेरैले यसलाई सहज पनि माने । समयको पनि बचत भयो । त्यसकारण प्रविधिको प्रयोगमा यो महामारीले धेरै अवसर दियो । हामीले त्यसलाई हालसम्म पनि निरन्तरता दिइरहेका छौं । मानिसको भौतिक उपस्थितिजस्ता कुरालाई प्रविधिले रिप्लेस गर्न नसक्ने रहेछ । तर पनि महामारीको समयमा विद्युतीय माध्यम निकै सहयोगी भए ।

बीमा समितिले एकीकृत लगानी निर्देशिका कार्यान्वयनमा ल्याए पनि किन लगानीमा विविधता आउन सकेको छैन ?
म यो विषयमा अलि क्रिटिक छुु । जबसम्म हामी प्रत्येक त्रैमासिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृत अथवा कम्पनीको व्यवस्थापनले मुनाफा देखाउनैपर्ने, गत त्रैमासभन्दा यो त्रैमासमा नाफा बढाउनैपर्ने, नभए बजारमा त्यसको नकारात्मक प्रचार हुने, फलानो कम्पनीको नाफा घट्यो भन्ने रहिरहन्छ, तबसम्म कुनै पनि कम्पनीको व्यवस्थापनले जोखिम लिएर एकीकृत लगानी निर्देशिका होस् या कुनै पनि क्षेत्रमा राम्रो निर्णय गरेर जान सक्दैन । त्रैमासिकरुपमा मुनाफा देखाउने नै गलत छ । मुनाफा भनेको वर्षको अन्तिममा हुने हो । नभए आर्थिक वर्ष किन चाहिन्थ्यो ? तीन–तीन महिनाको बजेट बनाए भइहाल्थ्यो नि । एउटा आर्थिक वर्षमा प्राकृतिक प्रकोपले, व्यावसायिकरुपले, कृषिजन्य रुपले होस् या अन्य रुपले होस्, एउटा साइकल पूरा गर्छ । त्यही साइकल पूरा गर्ने हुनाले घटी–बढी नहोस् भन्ने मान्यताले आर्थिक वर्ष भनिएको हो । बीमा कम्पनीको पनि एक आर्थिक वर्ष छ । बीमा कम्पनीको श्रावण, भाद्र, आश्विन बिजनेस हुने महिना नै होइन । त्यही बेला चाडपर्व पर्छन्, किसानहरु बाली भित्र्याउने चटारोमा हुन्छन्, कर्मचारीहरुका लागि भर्खर आर्थिक वर्ष सकिएको हुन्छ । त्यसकारण त्यो तुलना गर्ने अवस्था रहेसम्म यो हुँदैन । अहिले एकीकृत लगानीमा हामीलाई पाँच प्रतिशत घर–जग्गा, रियलस्टेटमा दिएको छ । घर–जग्गा र रियलस्टेटले हामीलाई रिर्टन दिँदैन । हामीले आज पाँच प्रतिशत घर–जग्गामा लगानी गर्‍यौं भने त्यसबाट हामीले तत्काल रिटर्न पाउँदैनौं । अहिले हाम्रो १६ अर्बको लगानी छ । १६ अर्बको पाँच प्रतिशत भनेको ८० करोड हुन्छ । ८० करोड लगानी गर्दा मैले एक पैसा कमाउन सकिन भने त्यही ८० करोड लगेर एफडीमा राखेँ भने एक वर्षमा सात करोड कमाउँछुु । सातै प्रतिशतले कमाएँ भने पनि पाँच करोड कमाउँछुु । त्यो पाँच करोड गुमाउनेबितिक्कै मेरो सालको मुनाफामा पाँच करोड घटेर आउने भयो । प्राइम लाइफको नाफा घट्यो भन्नेबितिक्कै भोलि सेयर इन्डेक्स घट्न थाल्ला । हामी त्यो जोखिम किन लिने ?

अहिले बैङ्कको सात प्रतिशत भनेको के हो र ? २० प्रतिशत रिर्टन हुने ठाउँमा लगानी गरेको गन्ती नहुने ? गन्ती हुनका लागि सात प्रतिशतमा लगानी गर्नुपर्ने भएपछि बाध्य भएर जानाजान कम रिर्टनमा लगानी गरिरहेका छौं ।

हामीले लगानी गरेको जग्गाले बैङ्कले कमाउने जति ब्याज कमाउँछ । आज हामीले ८० करोडमा किनेको जग्गा पाँच वर्षपछि एक अर्ब ६० करोडमा त बिक्री गर्न सकिन्छ । यसमा २०–२० प्रतिशतको दरले रिर्टन आएको छ भने त्यो याब्स्ट्रयाक्ट रिटर्नलाई कि मैले नोट गर्न पाउनुुपर्‍यो  कि जग्गामा लगानी गरेबापतको अनुुमानित नाफा भनेर राख्न पाउनुुपर्‍यो । त्यसो गर्यो भने गत त्रैमासको भन्दा अहिले पनि नाफा बढेको देखिने भयो । होइन भने पाँच करोड घट्नेबितिक्कै कम्पनीको नाफा घटिहाल्छ । अहिले बैङ्कको सात प्रतिशत भनेको के हो र ? २० प्रतिशत रिर्टन हुने ठाउँमा लगानी गरेको गन्ती नहुने ? गन्ती हुनका लागि सात प्रतिशतमा लगानी गर्नुपर्ने भएपछि बाध्य भएर जानाजान कम रिर्टनमा लगानी गरिरहेका छौं । अनि एकीकृत लगानीको निर्देशिकाअनुसारले अक्षरस पालना हुन नसकेका कारण त्यो हो ।

अर्को, हामीले १५ प्रतिशतसम्म सेयरबजारमा लगानी गर्न पाउँछौं । सेयरबजार हाम्रो नियन्त्रणमा छैन । त्यो नेप्सेको पनि नियन्त्रणमा छैन । माग र आपूर्तिले बजारलाई अगाडि लिएर जाने हो । एक वर्षभरि सेयरमा गरेको लगानीलाई बिजनेस क्लिन गरेर यसबाट यति मुनाफा गरें अथवा यति मेरो रिइन्भेष्टमेन्ट भयो भन्ने हिसाब देखाउन पायौँ भने पो रिस्क लिएर जान्छौं । आज एउटा कम्पनीको सेयरमा लगानी गर्यौं, मसान्तभन्दा दुुई दिनअगाडि त्यो कम्पनीको सेयरको भाउ घट्यो भने अन्यत्र कमाएको सम्पूर्ण नाफालाई त्यसले प्रोभिजनिङ गरेर नोक्सानी देखाउनुुपर्ने हुन्छ, जुन मेरो वास्तविक नोक्सान नै होइन किनकि मैले बेचेकै छैन । त्यो सम्पत्ति आज पनि मसँग छ । कि यति वास्तविक मुनाफा हो, सेयरबजारमा गरेको लगानीभन्दा कम भएको हुनाले हो, वास्तविक नोक्सान होइन भनेर देखाउन पाउनुपर्‍यो । बैङ्कका सीईओहरुलाई पनि हरेक तीन महिनामा नाफा देखाउनुुपर्ने प्रेसर छ । उनीहरुले लगानीकर्तालाई सुुसूचित गराउनुुपर्छ । लगानीकर्ताले मेरो लगानी सुुरक्षित छ कि छैन भनेर हेर्नुपर्‍यो। त्यसका लागि मेरो व्यवसायको आकार, त्यहाँको अन्र्तनिहित जोखिम हेरिदिनुुपर्यो । एकीकृत लगानी निर्देशिकाले प्राइम लाइफलाई पाँच प्रतिशत रकम घर–जग्गामा लगानी गर्न भनेको छ तर कम्पनीले गरेको छैन । किन लगानीकर्ताले त्यो थाहा पाउनुुप¥यो ? १६ अर्बको लगानीमा ८० करोड घर–जग्गामा लगानी गर्न पाउँछुु भने मैले ४० करोडमात्र गरेको छुु भने मेरो सेयरहोल्डरले यो कम्पनीको ४० करोड अझै घर–जग्गामा लगानी गर्न सक्ने रहेछ । यो कम्पनी राम्रो रहेछ भनेर सेयर भाउ माथि जानुुप¥यो । यी सबै कुरा केही पनि नहुने अनि हरेक तीन महिनामा नाफा देखाउनुुपर्ने प्रेसर ! यो एकीकृत लगानी निर्देशिका एकदम राम्रो हो । हामीले धेरैपटक छलफल गरेर ल्याएको चिज हो यो । यसमा अझै बढाउनुुपर्छ भन्ने हाम्रो मान्यता हो । युरोप, अमेरिका, भारतकै कुरा गरौँ न, सबैभन्दा ठूलो सम्पत्ति सबै जीवन बीमा कम्पनीहरुको छ । भारतका प्राइम लोकेसनमा भएका प्रपर्टी जीवन बीमा कम्पनीका हुन् । ती कम्पनी आजको भोलि नाफा दिनुुपर्ने कम्पनी होइनन् । यसको सञ्चालनमा मुनाफाले केही लछारपाटो लाग्दैन ।

एकातिर नियमनकारी निकायले राम्रो रिटर्न हुने ठाउँमा हाल पनि भनेको छ । अर्को, कम्पनी ऐनअनुसार तीन–तीन महिनामा आर्थिक अवस्था देखा भनेको छ । त्यो मिल्दै नमिल्ने भयो । यसमा हामी राम्रै किसिमले एउटा कन्सोर्टटियम नै बनाएर जाने कि भन्ने सोच भएको पनि हो ।

निर्जीवन बीमा कम्पनी भनेको व्यापारिक कम्पनी हो । उसको एक वर्षको जोखिम हुन्छ । एक वर्षमा रिस्क पर्‍यो भने पर्‍यो, नभए हुन्न । तर, जीवन बीमाको त्यस्तो हुँदैन । कसैले ४० वर्षको बीमा गराएको हुन्छ, ३९ वर्ष पुुग्ने बेलासम्म पनि ऊसँग लिनुुपर्ने प्रिमियम लिएको छैन भने पनि दाबी दिनुुपर्ने अवस्था हुन्छ । त्यसैले यो जीवन बीमा कोषमा मूल्याङ्कन गरेर दायित्व खडा गरेर राख्नुुपर्ने कम्पनी हो । अनि यस्तो कम्पनीको तीन–तीन महिनाको मुनाफा हेरेर हुन्छ ? महामारीमा युरोप–अमेरिकाको जसरी २०औँ लाख मानिसको मृत्युु भएको भए र बीमा कम्पनीले तिर्नुपरेको भए अघिल्लो हप्ताको क्वाटरको मुनाफा देखाएर म ठूलो हुन्छुु ? यो सकिएको होइन नि । त्यसकारण हाम्रो व्यवसाय त्रैमासिकरुपमा मुनाफा देखाउने व्यवसाय होइन । कि व्यवसायको प्रकृतिअनुसार लगानीकर्तालाई सुसूचित गराउने किसिमको प्रतिवेदन निकाल्ने प्रावधान हुनुुपर्छ, कि कम्पनीको कार्यकाल पूरा गरेर जाँदाजाँदै सीईओले कम्पनीको हितका लागि एउटा बोल्ड डिसिजन गरेर जान्छुु भनेर घर–जग्गामा लगानी गरेर गयो भने पछि आउने सीईओले पनि दोष देखाउन पाउँछ, कि बजारले यो नोक्सान भएको होइन, नाफा घटेको होइन, लगानी राम्रो क्षेत्रमा भएको छ, आजभन्दा भोलि राम्रो लगानी आउँछ भन्ने हिसाबले बजारले रेस्पोन्स गरिदिनुपर्‍यो। यो नभई जति राम्रो लगानी निर्देशिका ल्याए पनि केही हुँदैन । बीमा समितिले सरकारीमा २५ प्रतिशत हाल्नुुपर्छ भनेको छ तर हामीले हाल्न सकेका छैनौं । हाम्रा लागि मात्र भनेर बण्ड निस्किँदैन र राष्ट्र बैङ्कले बोल–कबोल प्रथामा निकाल्छ । त्यो बैङ्कका लागि एसएलआर काउन्ट हुन्छ । बैङ्कले पोइन्ट जेरो प्रतिशतमा भए पनि हालिदिन्छ । हामी पोइन्ट जेरो प्रतिशतमा गएर हाल्न सक्दैनौं । बीमा समितिले आफैं बाध्य भएर २५ प्रतिशत सरकारीमा हाल्नुुपर्ने हो तर उपलब्ध छैन भने वाणिज्य बैङ्कको एफडीमा हाले पनि हुन्छ भनेको छ । त्यो भनेको राम्रो रिर्टन हुने ठाउँमा हाल भनेको हो । एकातिर नियमनकारी निकायले राम्रो रिटर्न हुने ठाउँमा हाल पनि भनेको छ । अर्को, कम्पनी ऐनअनुसार तीन–तीन महिनामा आर्थिक अवस्था देखा भनेको छ । त्यो मिल्दै नमिल्ने भयो । यसमा हामी राम्रै किसिमले एउटा कन्सोर्टटियम नै बनाएर जाने कि भन्ने सोच भएको पनि हो । अहिले नेपाल लाइफको एक खर्बको लाइफ फण्ड भइसक्यो । उसले पाँच अर्ब रुपैयाँ घर–जग्गामा लगानी गर्न सक्छ । सबै कम्पनीको जोड्यो भने पाँच खर्बजतिको फण्ड छ । पाँच खर्बको पाँच प्रतिशत भनेको २५ अर्ब रुपैयाँ हो । त्यो हाइड्रो प्रोजेक्टमा लगानी गर्ने कि ठूलो प्लट किनेर हाउजिङको विकास गर्ने ? जे पनि गर्न सकिन्छ । त्यो किसिमको वातावरण नभएरमात्रै हामीलाई समस्या भएको हो । बिस्तारै हुन्छ होला ।

जीवन बीमा क्षेत्रको प्रतिस्पर्धी बजारमा प्राइम लाइफले आफूलाई कसरी उभ्याएको छ ? आगामी योजना के–के छन् ?
जीवन बीमामा प्रतिस्पर्धा छैन तर अलिकति गलत खेल हुन थालेको छ । हामीलाई भित्री कुरा धेरै थाहा छ तर त्यो खुलाउन मिल्दैन । जस्तो– सिङ्गल प्रिमियम भनेर पोलिसी बेच्ने, बैङ्कबाट कर्जा दिलाउने, आफूले त्यही कर्जा दिएको भए १० प्रतिशतमा दिन पाउँथ्यो, त्यो बीमा समितिको आँखा छल्न बैङ्कबाट कर्जा दिलाउने अनि आफूले त्यो पैसा ६ प्रतिशत एफडीमा बैङ्कमा राख्ने ? यसलाई कस्तो खालको प्रतिस्पर्धा भन्ने ? म यसलाई प्रतिस्पर्धा भन्दै भन्दिनँ, यो गलत खेल हो । यसले देखावटीरुपमा बीमाको पहुँच बढेको देखिएला तर अन्तिममा यसले राम्रो नतिजा दिँदैन । अन्तिममा फाइदा लिने वर्ग अर्कै हुन्छ । बीमित र कम्पनी दुवैले यसको फाइदा पाउँदैनन् । यस्ता खालका एक्सर्ससाइज धेरै भएका छन् । बीमा समिति आफैं त्यसका लागि निर्देशन ल्याउने तयारीमा छ भन्ने सुन्नमा आएको छ । यो हिसाबले हेर्दा जीवन बीमा गर्ने कुरामा प्रतिस्पर्धा छैन । राम्रो काम गरेर राम्रो प्रडक्ट ल्याए बीमा गर्न सक्ने प्रावधान छ तर एकैचोटी म सगरमाथा खडा गर्छु भन्ने होइन, बिस्तारै जानुुपर्छ ।

निकट भविष्यमा अलि सस्तो प्रिमियमको जोखिम बहन गरिदिने, ठूलो रकमको जोखिम बहन गरिदिने तर तिरेको रकम पनि खेर नजाने किसिमको बीमा योजनाको मैले वर्क आउट गरेको छुु । मैले याक्चुुरीकहाँ प्राइसिङका लागि पठाएको छुु ।

प्राइम लाइफले आजसम्म पनि एकजना बीमितलाई आफ्नो पोलिसी बैङ्कबाट कर्जा दिनका लागि भनेर सिफारिस गरेर पठाएको छैन । दोस्रो, हामीहरुले हरेक साल नयाँ बीमा योजनाहरु ल्याउने गरेका छौं । ती योजना बजारले जुन किसिमले स्वीकार गर्नुपर्ने हो, गरिरहेको छैन । त्यसमा हामीले एजुुकेट गर्न नसकेको हो वा अर्को खालको तत्कालको फाइदा देखेर क्लाइन्टले यसलाई नगरेको हो ? त्यो थाहा भएन । हामीसँग धेरै राम्रा बीमा योजनाहरु छन् । हामीकहाँ जीवन उपहार बीमा योजना छ, जुन चाहेर पनि अन्य कम्पनीले बनाउन सक्दैनन् । सामान्यता बजारमा आउनेबितिक्कै चोरिहाल्थे, त्यो चोर्ने पनि ढङ्ग पुुगेको छैन । एउटा बीमा गर्दा एक हजारको ९२ रुपैयाँ तिरेर दुुईवटा इनडोमेन्ट पोलिसी, एउटा मनी ब्याक, एउटामा इनडोमेन्ट, दुवैमा बोनस आउने कसैले पनि बनाउन सक्दैन । निकट भविष्यमा अलि सस्तो प्रिमियमको जोखिम बहन गरिदिने, ठूलो रकमको जोखिम बहन गरिदिने तर तिरेको रकम पनि खेर नजाने किसिमको बीमा योजनाको मैले वर्क आउट गरेको छुु । मैले याक्चुुरीकहाँ प्राइसिङका लागि पठाएको छुु । त्यो खालको बीमा योजना हामीले ल्याउँदै छौं । अर्को, प्राइम लाइफले जहिले पनि प्रुुडेन्ट नम्स, बीमा समितिको निर्देशन, ऐन–कानुनको पूर्ण अक्षरस पालना गरेर काम गर्छ । त्यसरी काम गर्दा कहिलेकाहीँ इमानदारले दुःख पाउँदो रहेछ । तर, इमानदारले दुःख पाउँछ भन्दैमा बेइमानी गर्ने होइन, त्यसमै अडिनुुपर्छ । समय लाग्ला तर यसको नतिजा देखिन्छ भन्ने मान्यतामा हामी हिँडिरहेका छौं । हाम्रो जुन किसिमको नर्मल ग्रोथ हुनुुपर्ने हो, त्यसमा हामी छौं । अन्य कम्पनीले सिङ्गल प्रिमियम बेचोस्, बैङ्कबाट लोन दिलाओस् तर आज पनि एभरेज ग्रोथभन्दा बजारमा हाम्रो कम्पनीको ग्रोथ राम्रो छ । गत वर्षसँग तुलना गर्ने हो भने झण्डै ५२ प्रतिशतको ग्रोथमा हाम्रो कम्पनी छ । त्यसकारण हामी सन्तुुष्ट छौं । हामी हाम्रो बाटो छोड्दैनौं । सही ढङ्गले जीवन बीमा गराउने र गर्ने हो । हाम्रा अभिकर्ताहरुलाई पनि हामीले त्यही हिसाबले एजुुकेट गरेका छौं । मैले अभिकर्ताहरुलाई बरु बिजनेस कम होस्, गलत कुरा गरेर बिजनेस बढाउनुु पर्दैन भन्ने गरेको छुु । किनभने, अभिकर्ताले बोल्ने बोली भनेको प्राइम लाइफले बोल्ने बोली हो । हिजो नेपाल लाइफमा सीईओ हुँदा पनि मैले त्यही भन्ने गर्दथें । आज पनि त्यही नै हो । हामी हाम्रा एजेण्टहरुलाई निकै एजुुकेट गर्छौं । म जहाँ पुग्छुु, त्यहाँ एजुुकेट नै गर्छु, मोटीभेट नै गर्छु । सेल्स टेक्निकहरु सिकाउँछुु । तर, गलत कुरा गरेर बिजनेस गरिराखेको छैन । यसरी नै काम गर्दै गएर हामी उत्कृष्ट जीवन बीमा कम्पनी बन्ने हो ।

आर्थिक अवस्था हाम्रो कम्पनीको असाध्यै सुदृढ छ । एकदम सुुरक्षित क्षेत्रमा हामीले लगानी गरेका छौं । एकीकृत निर्देशिकाले दिएको क्षेत्रमा लगानी गर्ने सोचमा पनि हामी छौं । तत्काल त्यसको रिटर्न कम होला तर लजिकल्ली त्यसको रिप्लाई गर्ने अवस्था भएको हुनाले त्यसमा पनि जाने प्रयत्नमा छौं ।

हामीले हाम्रा लगानीकर्तालाई पनि विगत ५–६ वर्षदेखि राम्रै प्रतिफल दिइरहेका छौं । पहिलो दुुई वर्ष २५ प्रतिशत दिएका थियौं भने हरेक साल साढे बाह्र–साढे बाह्र प्रतिशत दिएर आ.व. २०७५/७६ मा १५ प्रतिशत लाभांश दियौं । अर्को तीन वर्षसम्म १५ प्रतिशत लाभांश दिनसक्ने आर्थिक अवस्था छ । सामान्य चलेर जाँदा पनि अर्को तीन वर्ष हामी हाम्रा सेयरधनीहरुलाई १२ देखि १५ प्रतिशतसम्म प्रतिफल दिन सक्छौं । ५० करोडको कम्पनी हुँदा पनि साढे १२ प्रतिशतको प्रतिफल दिएकै हो । अहिले २ अर्ब ४१ करोडको भएर पनि १५ प्रतिशतसम्म दिन सक्छौं भनेपछि सात गुुणा बढी भइसक्यो । त्यो भनेको सतप्रतिशत रिर्टन हो । आर्थिक अवस्था हाम्रो कम्पनीको असाध्यै सुदृढ छ । एकदम सुुरक्षित क्षेत्रमा हामीले लगानी गरेका छौं । एकीकृत निर्देशिकाले दिएको क्षेत्रमा लगानी गर्ने सोचमा पनि हामी छौं । तत्काल त्यसको रिटर्न कम होला तर लजिकल्ली त्यसको रिप्लाई गर्ने अवस्था भएको हुनाले त्यसमा पनि जाने प्रयत्नमा छौं । प्राइम लाइफलार्ई सही ढङ्गले व्यापार गर्ने उच्चस्तरको जीवन बीमा कम्पनी भनेर स्थापित गराउने मेरो उद्देश्य हो । त्यहीअनुसार मेरो लगानीकर्ता, मेरो बोर्डले मलाई सपोर्ट गरेको छ । त्यही सपोर्टलाई निरन्तरता दिएर यसलाई एउटा लेवलको राम्रो कम्पनीको रुपमा स्थापित गर्ने उद्देश्य हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री