मंगलबार, ६ चैत २०८०

बीमा क्षेत्रलाई पशुुपतिनाथले मात्रै बचाएका छन्

समयपोष्ट २०७७ फागुन १८ गते १२:३९

Advertisement

निर्जीवन बीमा उद्योगलाई कोभिड बीमाले कस्तो असर गर्‍यो ?
निर्जीवन बीमा क्षेत्रमात्र नभई सबै बीमा कम्पनीलाई कोभिडले असर गरेको छ । बीमा सरकारले जारी गरेको नाफामूलक व्यवसाय होइन । यो सर्वसाधारणलाई राहत दिने व्यवसाय हो । विश्वका कुनै पनि मुलुुकमा महामारीको बीमा हुँदैन । जनतालाई राहत दिन सुरुवात गरिएको यो बीमा सर्वसाधारणले नबुझ्दा बीमा कम्पनीहरुलाई बर्डन सावित भएको छ । बीमा कम्पनीहरुले दाबी भुक्तानी दिएनन् भनेका छन् । तर, दाबी भुक्तानी दिने प्रक्रियामा भएको ढिलासुस्तिले बीमा कम्पनीलाई धेरै नै खस्काएको छ ।

कोरोना बीमा धेरै आलोचित भयो । अहिलेसम्म पनि आलोचना भइरहेको छ । यो ल्याउने बेलामा बृहत् छलफल नभएको हो ?
यो विषयमा नियामनकारी निकायले अझ राम्रो जवाफ दिन सक्छ । यो विषयमा छलफल नभई आयो भन्न मिल्दैन तर बीमकहरुबीचमा गहन छलफल भने नभएकै हो । यो लागु हुनुुभन्दा अगाडि बीमक सङ्घ प्रोयाक्टिभ देखिनुुपथ्र्यो, त्यो कम देखियो ।

यसले समग्र बीमा उद्योगलाई कस्तो असर गर्‍यो ?
कोरोना बीमाले समग्र उद्योगलाई असर गर्दैन । एउटा ग्रुपले जुन कम्पनीसँग गरे पनि बीमा गर्नैपर्ने हुन्छ । त्यसकारण बीमा घट्नुुभन्दा पनि बढेर नै गएको छ । बीमाको नाम पनि नसुनेका ग्रामीण भेगका मानिसहरुमा समेत कोरोनाले बीमाबारे जानकारी दिन सकारात्मक भूमिका खेल्यो । तर, फेरि पनि यसले बीमा कम्पनीहरुलाई नाङ्गै सडकमा ल्याइदिएको छ ।

अन्य क्षेत्रलाई जस्तै बीमालाई पनि कोरोनाले नयाँ ढङ्गले अगाडि बढ्न सिकायो । डिजिटलाइजेसनको क्षेत्रमा यसलाई अवसरको रुपमा लिने कि चुनौती ?

यसलाई हामीले अवसरका रुपमा लिएका छौं । हाम्रो कम्पनीका धेरै कर्मचारीहरु यसकै कारण प्रविधिमैत्री भएका छन् । व्यवसायको बारेमा भन्नुुपर्दा हामीले व्यवसाय घट्छ होला भनेका थियौँ तर घटेन । ओभर अल मार्केट ग्रोथ १५ प्रतिशतको हाराहारीमा नै छ र त्यो हुन्छ । त्यसकारण यो चुनौतीभन्दा पनि एउटा अवसर नै हो ।

म आफू बैङ्किङ पृष्ठभूमिबाट आएको हुँदा बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । शिक्षित जनशक्ति छैन, जसले गर्दा पूर्ण डिजिटलाइज्ड गर्न गाह्रो छ । तर, ग्राहकले घरमै बसेर पोलिसी किन्न सक्नेसम्म बनाउने गरी वर्कआउट गर्दै छौं ।

यहाँहरुले डिजिटल तरिकाले कोरोना बीमा लेख जारी गर्नुभयो । यसले गर्दा बीमाका हरेक काम डिजिटल तरिकाले गर्न कत्तिको सम्भव छ जस्तो लाग्छ ?
अहिले नै पूर्णरुपले डिजिटलाइज्ड गर्न अझै सम्भव छैन । म आफू बैङ्किङ पृष्ठभूमिबाट आएको हुँदा बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । शिक्षित जनशक्ति छैन, जसले गर्दा पूर्ण डिजिटलाइज्ड गर्न गाह्रो छ । तर, ग्राहकले घरमै बसेर पोलिसी किन्न सक्नेसम्म बनाउने गरी वर्कआउट गर्दै छौं । अन्य बीमा कम्पनीमा जाँदा पनि उही प्रिमियम र घरमै बसेर पोलिसी लिँदा पनि उही प्रिमियम लिन सक्ने गरी हामी जाँदै छौं । त्यसका लागि नियामकीय निकायसँग अप्रुुभल लिन बाँकी छ । कष्टुुमर जहाँ भए पनि उसले आफ्नै मोबाइलबाट बीमालेख किनेर पैसा तिर्न सक्छ ।

बीमा अरुको जोखिम बहन गर्ने क्षेत्र हो । कम्पनीको पुँजी वृद्धिसँगै तपाईंले देखेका निर्जीवन बीमा क्षेत्रका मुख्य जोखिम के–के हुन् ?
फरक तरिकाले पुँजी वृद्धि भएको हो । पुँजी वृद्धि रिष्क बेस क्यापिटलको लञ्च गर्ने भन्ने रेगुुलेटरको सेन्स भएको कारणले पुँजी वृद्धि भयो । बीमा क्षेत्रमा पुँजी वृद्धि र जोखिम त्यति धेरै सम्बन्धित छैनन् । किनभने, जोसँग पुँजी कम छ, त्यसको रिष्क बेस क्यापिटल जब रेगुुलेटरले सुुरु गर्छ, त्यति खेर थोरै क्यापिटल हुनेले थोरै व्यापार गर्ने हो । धेरै क्यापिटल हुनेले धेरै व्यापार गर्ने हो । रिष्क बेस क्यापिटलको अर्थ नै त्यही हो ।

नेपालको बीमा क्षेत्रलाई पशुुपतिनाथले मात्र बचाएका छन् । यहाँ धेरै जोखिम छ । भूकम्प गयो । यहाँ करिब ११ अर्बको भुुक्तानी भयो । त्यसमा दुुई–तीन अर्ब डोमेस्टिक बीमा कम्पनीहरुले तिरे । अरु सबै विदेशी कम्पनीहरुले तिरे । उदाहरणका लागि तपाईं रि–इन्स्योरर हुनुहुन्छ । नेको इन्स्योरेन्ससँग १५ वर्षमा बीस करोड रकम लैजानुुभयो । तर, भूकम्पको कारणले २५ करोड तिर्नुभयो भने तपाईंलाई टोटलमा पाँच करोड घाटा हुन्छ । अब तपाईं त्यो पाँच करोडलाई रिकभरी गर्न चाहनुुहुुन्छ र अलिकति नाफा पनि गर्न चाहनुुहुन्छ । किनभने, तपाईं च्यारिटेवल अर्गनाइजेसन होइन । जब नेपालमा भूकम्प गयो, रि–इन्स्योररहरु टाइट भएर आए । त्यसपछि नेपालको बजार एकदम प्रतिस्पर्धी भइदियो र उनीहरु नेपालमा सस्टेन हुन सकेनन् । सस्टेन गर्न नसकेपछि जुन लार्ज भोलुुममा थियो, त्यो सानो भोलुुममा झर्यो । रि–इन्स्योररहरु थोरै भए । अब ती थोरै रि–इन्स्योररहरुलाई हामीले बिजनेस दिनुुपर्ने भएको छ ।

नेपालको बीमा क्षेत्रलाई रि–इन्स्योरेन्सको जोखिम सबैभन्दा ठूलो छ, जुन सर्वसाधारणलाई थाहै छैन । त्यो बीमक र नियामकीय निकायलाई मात्र थाहा छ ।

मानौँ, हिजो एक सय जना थिए भने आज दस जनामा झरेका छन् । त्यो भनेको बीसवटा बीमा कम्पनीको जोखिम त्यही दस जनामा गयो । भूकम्पजस्तै कुनै विपत आयो भने यहाँका बीमा कम्पनीहरु सखाप भएर जान्छन् । तालै लगाएर त नहिँड्लान् तर बन्द–बन्दको अवस्थामा पुुगिसकेका छन् । किनभने, बीसवटै बीमा कम्पनीका रि–इन्स्योरेन्स एउटै बास्केटमा छ । सरकारले एउटै बास्केटको सट्टा विभिन्न बास्केटमा हाल्नसक्ने बनाइदिनुुपर्छ । तर, प्रतिस्पर्धाका कारण त्यो अवस्था नै छैन । नेपालको बीमा क्षेत्रलाई रि–इन्स्योरेन्सको जोखिम सबैभन्दा ठूलो छ, जुन सर्वसाधारणलाई थाहै छैन । त्यो बीमक र नियामकीय निकायलाई मात्र थाहा छ ।

बीमा क्षेत्रको अर्को जोखिम भनेको उधारो बीमा हो । यहाँ चेक दिएपछि बाउन्स हुने समस्या छ, जसलाई बीमा क्षेत्रले ब्ल्याक लिष्ट गर्न सक्दैन । त्यसका लागि बैङ्कमा नै जानुुपर्ने अवस्था छ । त्यसमा पनि कति बैङ्कले समयमै गरिदिन्छन्, पैसा उठ्छ । कतिले गरिदिँदैनन् । ती कुराहरु बीमा क्षेत्रका लागि ठूलो चुनौती हुन् । त्यसलाई अलिकति सुधार गर्न सकिन्छ कि भनेर हामीले नियामक निकायलाई पनि अनुुरोध गरेका छौं । यसमा बीमा कम्पनीले नै ब्ल्याक लिष्ट गर्ने, त्यसपछि अन्य बीस बीमा कम्पनीले गर्न नमिल्ने प्रावधान हुनुुपर्छ भन्ने कुरा हामीले राखेका छौं ।

नेको इन्स्योरेन्सले बीमाको पहुँच वृद्धिका लागि के–कस्ता अभियान सञ्चालन गरिरहेको छ  ?
जब नयाँ किसिमका प्रडक्टहरु ल्याइन्छन्, तब बीमाको पहुँच वृद्धि हुने हो । फेरि ती प्रडक्ट यस्ता होऊन् कि त्यो सबैले किन्न सकून् । हामीले धेरै त्यस्ता खालका प्रडक्टहरु निकालेका छौं । जस्तो– क्लेममा हामीले स्पट पेमेण्ट भनेर निकाल्यौं । सबैले नेको इन्स्योरेन्स डुुब्छ भने । तर, त्यसकै कारण हाम्रो व्यापार फैलियो । दोस्रो, मोटर एलओपी भन्ने प्रडक्ट निकाल्यौं । यो कस्तो हो भने, कसैले खाडी मुलुकबाट दस लाख कमाएर आएर बैङ्कसँग लोन लिई ट्रक किन्यो । काम गर्दागर्दै त्यो दुर्घटनामा पर्यो । त्यो ट्रक बनाउन त तीनदेखि छ महिना लाग्ने भयो । पूरै बिग्रियो भने बीमा कम्पनीले पैसा तिरिदिन्छ, सकियो । तर, बनाउन लामो समय लाग्यो भने बैङ्कको ऋण तिर्न समस्या हुन्छ । यदि त्यो गाडी बैङ्कले लिलाम गर्यो  भने त्यो व्यक्ति घर न घाटको हुन्छ । ऊ पलायन भई फेरि खाडी धाउनुुपर्छ । त्यस्ता व्यक्तिका लागि हामीले मोटर एलओपी भन्ने प्रडक्ट ल्यायौँ । दस दिनभन्दा माथि गाडी ग्यारेजमा राखेर बनाउनुुपर्यो भने त्यो अवधिमा तिर्नुपर्ने बैङ्कको किस्ता बीमा कम्पनीले तिरिदिने भनेर ल्यायौं । त्यस्तै, निजी सवारीको हकमा पनि गाडी कथंकदाचित कहीँ–कतै ठोक्कियो र बनाउन बीस–पच्चीस दिन लाग्ने भयो भने त्यस्ता सवारीधनीलाई दैनिक दुुई हजार रुपैयाँका दरले यो प्रडक्ट लञ्च गर्यौं। किनकि, एक महिनामा त्यो गाडी बनिसक्छ भन्ने अनुुमान हामीले लगायौं । यसलाई पब्लिसिटी गर्न हाम्रा कम्पनीका केही दायराभित्र रहेर गर्नुपर्ने हुन्छ । नयाँ किसिमका प्रडक्टहरु ल्याएपछि पहुँच आफैं वृद्धि हुन्छ ।

बीसवटा कम्पनीमा नेको इन्स्योरेन्सलाई नै किन छान्ने ?
नेको इन्स्योरेन्समा भएका व्यवस्थापनको सेन्सलाई बुुझ्न पहिले जरुरी छ । निम्न वर्गलाई कस्तो किसिमका अप्ठ्यारा पर्छन् भन्ने कुरासँग हामी परिचित छौं । जस्तो– अघि मैले ट्रककै उदाहरण पनि दिएँ । सत्य कुरा त्यही हुन्छ भन्ने महसुुस गरेर हामीले त्यस्ता प्रडक्ट ल्याएका हौं । हामी बैङ्कमा पनि छौं । त्यहाँ हुँदा हामीले कस्ता– कस्ता गाडी लिलाम गर्यौं भन्ने हामीलाई थाहा छ । त्यसकारण हामी त्यस्ता प्रडक्टमा जोड दिन्छौं, जसले तल्लो वर्गलाई असर नगरोस् । दोस्रो कुरा, यदि क्लेमको भुक्तानी ६ महिना–वर्ष दिन लगाएर दिन्छ भने त्यो न्याय होइन । न्याय समयमै पाउनुुपर्छ भन्ने हामीले बुुझेका छौं । त्यसैले नेको इन्स्योरेन्स छान्नुुपर्छ ।

अहिलेको कम्पनीको अवस्था कस्तो छ र आगामी योजना के–के छन् ?
अहिलेको कम्पनीको अवस्था एकदम राम्रो छ । कम्पनीको पुँजी राम्रो छ । वित्तीय अवस्था पनि एकदमै राम्रो छ । सरकारको ड्वयल फाइनान्सिङका कारणले हाम्रा फाइनान्सियलहरु पब्लिस गर्न ढिलो हुने, सेयरहोल्डरहरुलाई चाँडै रिजल्ट दिन कठिन हुने कारणले गर्दा मात्र हो । ऐन पास भइसकेकपछि हामीलाई सतप्रतिशत सहज हुन्छ । बैैङ्कहरुले आश्विनभित्रै साधारणसभा गरिसक्छन्, हामी सक्दैनौं । किनभने, हामीसँग दुुईवटा फाइनान्सियल विवरण हुनुुपर्छ । हाम्रो रणनीति कस्तो हुन्छ भन्दा, हाम्रो रिष्क बेस क्यापिटल हुने भएकाले हामीले त्यसतर्फ पनि ध्यान दिँदैछौं । हाम्रो नेटवर्क पनि राम्रो बढेको छ । बिजनेस ग्रोथ राम्रै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री