शुक्रबार, १४ वैशाख २०८१

देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न खोजे : प्रधानमन्त्री ओली

समयपोष्ट २०७७ फागुन १७ गते १५:०८

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् ।

सोमबार पोखरामा आयोजित नेकपा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको समेत बताए । उनले आफू नरहेपनि पार्टी र आन्दोलन रहिरहने भन्दै पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए ।

‘म नरहेपनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री