बिहीबार, १३ वैशाख २०८१

कोभिड-१९ : अर्थतन्त्र तहसनहस भएकाे भन्दै जर्मनीका मन्त्रीले गरे आत्महत्या

समयपोष्ट २०७६ चैत १६ गते २०:३७

Advertisement

काेराेना भाइरसका कारण मुलुककाे अर्थतन्त्र तहसनहस भएकाे भन्दै युरोपेली मुलुक जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् ।

जर्मनकाे हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले शनिवार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ५४ बर्षिय मन्त्री सेफर शनिबार रेल्वे ट्रयाक नजिक मृत फेला परेका थिए ।

उनी काेराेनाले अर्थतन्त्र तहसनहस बनाएकाे भन्दै पछिल्लाे समय भाैतारिने गरेकेा बताइएकाे छ । उनी पछिल्लाे दश बर्षदेखि साेहि प्रान्तकाे आर्थिक मामलामा काम गर्दै आएका थिए । उनी जर्रमन चान्सलर एंगेला मार्केलकाे पार्टी सेंटर राइट सीडीयूका नेता थिए ।

उनका एक श्रीमती र दुइ छाेरा छन् । उनले काेराेना भाइरसबाट घाटा तथा समस्या भाेगिरहेका कम्पनी र कामदारहरूलाइ सहयाेग समेत गरिरहेका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री