अष्ट्रेलियामा एकै अपार्टमेण्टमा बस्ने सात नेपालीमा कोरोना संक्रमण
समयपोष्ट
२०७६ चैत १५ गते १६:३०
अष्ट्रेलियामा एकै अपार्टमेण्टमा बस्ने ७ नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालका अनुसार सिडनीको ग्रानभिल क्षेत्रको अपार्टमेन्टमा बस्ने विद्यार्थीहरुमा संक्रमण देखिएको हो ।
एकै अपार्टमेन्टका ४ विद्यार्थी र मेलवर्नमा बस्ने एक परिवारका ३ सदस्यमा संक्रमण देखिएको हो ।
दुतावासका अनुसार एक महिला विद्यार्थीमा संक्रमण देखिएपछि उनीसँगै बसेका अन्य ३ मा समेत देखिएको थियो । सोही अपार्टमेन्टमा ५० भन्दा बढी विद्यार्थीहरु बस्दै आएका छन् ।
प्रतिक्रिया