शुक्रबार, १६ चैत २०८०

कोरोना कोषमा सहयोग गर्ने सन्दीपको घोषणा

समयपोष्ट २०७६ चैत १४ गते ८:१९

Advertisement

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले बिहीबार राती फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका हुन्।

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’

सन्दीपले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन्।

चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण सोमबार १ जना युवतीमा पुष्टि भएपछि सरकारले मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री