शुक्रबार, १६ चैत २०८०

कोभिड १९ : क्वारेन्टाइन तयार

RSS २०७६ चैत १३ गते १६:०७

Advertisement

(कोभिड १९) कोरोना भाइरस सम्भावित जोखिमलाई रोकथाम गर्न बलान विहुल गाउँपालिकाले १५ शैथ्याको निगरानी कक्ष( क्वारेन्टाइन) तयार गरेको छ । सो गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले वडा नम्वर १ स्थित स्वास्थ्य चौकीमा चारजना स्वास्थ्यकर्मी कार्यरत रही क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जनाकारी दिनुभयो ।
बोदेबरसाईन नगरपालिकाले १० शैथ्याको क्वारेन्टाइन कक्ष तयारी अवस्थामा राखेको छ । राजविराजस्थित बन्द अवस्थामा रहेको साईकृष्णा अस्पतालमा ५०÷६० वटा शैथ्याको क्वारेन्टाइन तयार गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख दुनिलाल यादवले जानकारी दिनुभयो । तिलाठी कोइलाडी गाउँपालिकाले १५ तथा हनुमाननगर कंकालिनी नगरपालिकाले ४० शैथ्यको क्वारेन्टाइन स्थापना गरिएको छ । लकडाउनलाई यहाँका नागरिकले घरभित्रै बसी कार्यान्वयनमा सहयोग गरिरहेका छन् ।
पत्रपत्रिका प्रकाशन बन्द
कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई विशेष ख्यालगर्दै देशव्यापि ‘लकडाउन’ भएपछि यहाँबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रकाशन बन्द भएका छन् । राजविराजबाट प्रकाशित हुने सबै पत्र–पत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष श्यमसुन्दर यादवले जानकारी दिनुभयो ।
एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएको छ । छापखानामा कार्यरत कर्मचारी घरमै बस्न थालेका कारण पनि पत्रिका प्रकाशन बन्द गरिएको आजको वातावरण दैनिकका प्रकाशक एवम प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री