बिहीबार, ६ वैशाख २०८१

कोभिड १९ : सबै पालिकामा विपद् व्यवस्थापन कोष

RSS २०७६ चैत १३ गते १५:४१

Advertisement

कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै विपद् व्यवस्थापन कोषमा झापाका स्थानीय तहले छुट्टा छुट्टै रकम जम्मा गरी सो भाइरसका विरुद्धमा जनचेतनालाई तिव्र पारेका छन् ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिले कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ । १५ वटा स्थानीय तहले आ – आफ्नै पालिकास्तरका सो कोष स्थापना गरेका छन् । निगरानी कक्ष (क्वारेन्टाइन) निर्माणदेखि क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई आवश्यक खाद्यन्य, स्वास्थ्य र सरसफाइका लागि छुट्टा– छुट्टै कोषको व्यवस्थापन गरिएको बताइएको छ । झापामा विपद् व्यवस्थापनका लागि मेचीनगरपालिकाले सबैभन्दा बढी रकम छुट्याएको छ । प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गरेसँगै सो नगरपालिकाले ६० लाख रुपैयाँको सो कोष स्थापना गरेको नगरपालिका प्रमुख विमल आचार्यले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले ७० शैथ्याको क्वारेन्टाइन निर्माण गरेको जानकारी दिनुभयो । सो क्वारेन्टाइनमा अहिले भारत लगायत विभिन्न देशबाट आएका २१ जना रहेका छन् ।
कनकाई नगरपालिकाले पनि ५० लाख रुपैयाँको कोष स्थापना गरेको छ । विर्तामोड नगरपालिकाले छुट्टै कोष स्थापना नगरेपनि नगरपालिका भित्र रहेको सो कोषमा रहेको रकमबाट विपद्का समयमा आवश्यक रकम खर्च गर्ने व्यवस्था मिलाएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिनुभयो । कमल गाउँपालिका र दमक नगरपालिकले पनि विपद्का लागि भन्दै १०-१० लाख रुपैयाँको कोष स्थापना गरेका छन् ।

झापामा छुट्टा छुट्टै गाउँपालिका र नगरपालिकले आफ्ना पालिका भित्र रहेका नागरिकलाई सुरक्षित रुपमा घरमै बस्न आग्रह छन् । दुई वटा अस्पताल मेची र विएण्डसीमा आइसोलेलनसहितको व्यवस्था मिलाइएको छ । ३३१ वेडका क्वारेन्टाइन निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री