शुक्रबार, १४ वैशाख २०८१

अर्घाखाँचीमा भारतबाट फर्किएका दुई जनामा कोभिड-१९ संक्रमणको आशंका, प्रादेशिक अस्पताल रिफर

समयपोष्ट २०७६ चैत ११ गते २१:२६

Advertisement

अशोक खनाल

अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीले मंगलबार कोभिड १९ संक्रमणको आशंकामा दुई जना बिरामीलाई नमुना परिक्षणको निम्ति प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको हो ।

जिल्लाको सितगङा नगरपालिका र मालारानी गाउँपालिकाका दुई जनालाई जिल्ला अस्पतालबाट रिफर गरिएको अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिएका छन् । दुवै शंकास्पद बिरामी केही दिन अघि भारतबाट फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री