बुधबार, १९ वैशाख २०८१

मुक्तिनाथ मन्दिरलाई सांग्रिला डेभलपमेन्ट बैंकको डोनेसन बक्स सहयोग

समयपोष्ट २०७६ चैत ९ गते १६:३३

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गण्डकी प्रदेश मुस्ताङ्ख जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिका स्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ ।

बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई हस्तान्तरण गर्नुु भयो ।

उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री