बुधबार, २६ वैशाख २०८१

कोभिड-१९ : रोग प्रतिरोधात्मक क्षमता घटाउँने यि खानेकुरा आजै छोड्नुहोस्

समयपोष्ट २०७६ चैत ८ गते १९:२१

Advertisement

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए ।

Advertisement

चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८६० जना सङक्रमित रहेको इटालीमा पाँच हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७४५ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १८० जना घर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३५२ जना सङक्रमित रहेका छन् भने १४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १०२ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ ।

कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १७७ जना, नेदरल्याण्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कम्तीमा २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ ।

दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् ।

नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।

जति पनि कोरोना संक्रमणबाट मृत्यु भएका छन् उनीहरु बृद्ध बृद्धा,दिर्घ रोग भएका भनिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढी भएका ब्यक्तिमा कोभिड १९ को जोखिम अत्यन्त कम हुन्छ । त्यसको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा प्रयोग गर्न डाक्टरहरुले सुझाव दिएका छन् ।

रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने?
– पोषिलो तथा सन्तुलित खाना नियमित खानुपर्छ।
– स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्छ।

कुन–कुन खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ?
– हरियो सागसब्जी तथा तरकारी नियमित खानुपर्छ।
– अमिलो जातका फलफूलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
– रातोभन्दा सेतो मासु स्वास्थ्यका लागि उपयुक्त हुन्छ।
– प्रोटिन र भिटामिन सी भएका खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ।

रोग प्रतिरोधात्मक क्षमता घटाउने खानेकुराहरु :

१. सोडा
मानिसको इम्युनिटि पावर कमजोर बनाउने एक खाद्य पर्दाथ हो, सोडा । सोडामा सुगरको
मात्रा अत्यधिक हुने भएकाले यसले इन्सुलिनमा सुगर लेभल बढाउने गर्दछ जसले रोग इम्युनिटि पावर कमजोर बनाउँछ ।

२. रिफाइन तेल
यदि खाना बनाउन बार बार एकै प्रकारको तेल वा रिफाइन तेलको प्रयोग गर्नुहुन्छ भने यो तपाईको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस प्रकारको तेलले मानिसको इम्यूनिटी पावर कमजोर बनाउँछ ।

३. फास्ट फूड
अधिकांश शहरमा बस्ने मानिसहरु बजारको फास्टफूड खाने गर्दछन् । तर फास्टफुडमा सुगरको प्रयोग हुने तथा फाइबरको मात्रा कम हुने भएकाले यसको सेवन शरीरका लागि हानिकारक हुन्छ । यसले पनि मानिसको इम्युनिटि शक्ति घटाउँछ ।

४. क्याफिन
अहिलेका पुस्ता तथा बिदेश बसेर आउने मानिसहरुमा कफी पिउने शौख उच्च रहने गरेको छ । तर कफी पिउने मानिसमा यसमा पाइने क्याफिनका कारण इम्युनिटि पावर कम हुने गर्दछ । तसर्थ कफी पीउने बानि तत्काल नियन्त्रण गर्न आवश्यक छ ।

५. क्यान सुप र फलफुल जुस
आजकल बजारमा स्टिल क्यान बन्द फलफुल, सुप तथा जुस पाउने गर्दछ । तर यस प्रकारको क्यान बन्द खानाको सेवनले शरीरको पोषक तत्व नास पारी मानिसको इम्युनिटि पावर कमजोर बनाउने गर्दछ ।

६. सिलबन्द अचार
बजारमा प्रसस्त मात्रामा पाइने तथा निकै स्वादिलो हुने सीलबन्द अचार पनि मानिसको इम्युनिटि पावर कमजोर पार्ने एक कारक मानिन्छ । यस प्रकारका अचारमा सोडियमको मात्रा उच्च हुने भएकाले यसले डिहाइड्रेसन र किड्नीको समस्या निम्त्याउने गर्दछ ।

७. प्याकेजिङ मासु
फ्रेस हाउसमा कुर्न अल्छि मान्ने तथा हतारमा हुनेहरुले बजारमा पाइने प्याकेजीङ मासुको प्रयोग गर्दछन् । तर यस प्रकारको बन्द प्याकेटमा आउने मासु पनि मानिसको इम्युनिटि पावर कमजोर बनाउने कारक मानिन्छ ।

८. बासी खाना
हुनत बासी खाना कुनै बेला पनि उपयुक्त हुदैन । अझ कोरोनाको संक्रमणको त्रास रहेको बेला त झन बासी खानाको सेवन हानिकारक हुन्छ । बासी खानाले इम्युनिटि पावर कमजोर बनाउने भएकाले यसको सेवन नगर्नु सबैभन्दा बेस हुन्छ ।

९. पानी
खाना बनाउने तथा पिउने पानीका बिषयमा पनि सचेत हुन आवश्यक छ । किनकी हामीले प्रयोग गर्ने पानी संग्लो वा सफा देखिदैमा यो सफा नहुन सक्छ । त्यसैले पानीका कारणले पनि मानिसको इम्युनिटि पावर कमजोर बन्न सक्छ ।

१०. अन्य उपाय
समयमा खानपान नगर्ने, शारीरीक ब्यायाम नगर्ने, हिडडुल गर्न नचाहाने मानिसमा पनि इम्युनिटि पावर कमजोर हुनसक्छ । अनावश्यक तनाव लिने, पर्याप्त निन्द्रा नपुग्ने तथा धुम्रपान र मद्यपान गर्नुहरुमा पनि इम्युनिटि पावर कमजोर हुन्छ । त्यसैले यस बिषयमा पनि ध्यान दिनुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री