बिहीबार, १५ चैत २०८०

निर्भयाका दोषीले फाँसीको सजाय पाएपछि बलिउड कलाकारले भने- न्याय पाइयो

समयपोष्ट २०७६ चैत ७ गते १४:०२

Advertisement

 

निर्भयाका दोषीले फाँसीको सजाय पाएपछि बलिउडमार्फत् पनि प्रतिक्रिया आइरहेको छ ।

नायिका सुष्मिता सेनले ट्वीट गरेर निर्भयाकी आमा आशा देवीको तारिफ गरेकी छिन् । उनले यसलाई न्यायको जीत भएको बताएकी छिन् । उनले ट्वीटरमार्फत् भनेकी छिन्, ‘आमाको धैर्य र सहनशीलताले न्याय पाएको छ । अन्तिममा न्याय पाइयो ।’

 

 

त्यस्तै तापसी पन्नूले लेखेकी छिन्, ‘अब निर्भयाकी आमा र उनको परिवारले आनन्दको निद्रा सुत्न पाउनेछन् । यो निकै लामो र संघर्षपूर्ण लडाईं रह्यो ।’

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री