आइतबार, ६ जेठ २०८१

भारतीय चिकित्सकले पत्ता लगाए कोभिड-१९ को औषधी, निको भए तीन बिरामी

समयपोष्ट २०७६ चैत ६ गते १४:२७

Advertisement

भारतमा एक चिकित्सकको टोलीले कोभिड-१९ को औषधी पत्ता लगाएको दाबी गरेको छ ।

भारतको जयपुरस्थित सवाइ मानसिंह अस्पतालका चिकित्सक टोलीले कोभिड-१९ को औषधी पत्ता लगाएको भारतीय सञ्चार माध्यमले दाबी गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यसै महिनाको चार तारिक अस्पतालमा भर्ना हुन आएका कोरोना भाइरसका बिरामीको उपचारपछि यो तथ्य पत्ता लागेको हो । जयपुरस्थित सवाइ मानसिंह अस्पतालका डाक्टरहरुले औषधी सेवन गराई तीन बिरामी ठीक पारेका हुन ।

सो टोलीमा डा. प्रकाश केसवानी, डा. रमन शर्मा, अभिषेक अग्रवाल, डिएस मिना, एस बेनर्जीसहितका सो अस्पतालका प्रिन्सिपल हुनुहुन्थ्यो, डा. रमन शर्मा, अभिषेक अग्रवाल, डिएस मिना, एस बेनर्जी । सो टोलीले बिरामीलाई लोपेनाबेद र रिटोनाबेद नामक एन्टिभाइरस दिएका थिए । यस्तै क्लोरोक्लिन नामक औषधी पनि दिएका थिए । जसबाट कोरोना भाइरसका बिरामी ठीक भए ।

Advertisement

Posted by Braj B Pandey on Wednesday, March 18, 2020

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री