आइतबार, १६ वैशाख २०८१

‘दाँत र मुखसम्बन्धी रोगहरुको रोकथामका बजेट सही तरिकाले उपयोग भएन्’

समयपोष्ट २०७६ चैत ४ गते १६:३६

Advertisement

नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार र सरोकारवालाहरुले व्यापक रुपमा जनचेततना कार्यक्रम गरि नीति प्रष्ट पार्ने सरकारसंग आग्रह गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले यस्तो आग्रह गरेको हो । नेपाली समाजका केवल २ प्रतिशत मानिसले स्वच्छ तरिकाले दाँत माँझ्ने बताउँदै नेपाली समाजमा व्यापक रुपमा आफूहरुले जनचेतनाको कार्यक्रम ल्याउने स्पष्ट पारेका छन् । सम्पूर्ण रोगको ढोका मुख मानिएकोले मुखको सफाई गर्न अति आवश्यक रहेको पनि एसोसिएसनको भनाई छ ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले नेपल सरकारले कोरोनाका सन्त्रास हुँदा हात धुने जनचेतना कार्यक्रमको लागि करोडोै रकम खर्च गरेको तर, मुख स्वच्छ र स्वस्थ राख्नको लागि एक रुपैयाँसमेत खर्च नगरेको गुनासो पोखे । उनले भने,‘मुख नियमित दुईपटक नधोए ६ सय प्रकारको ब्याकटेरियाले मुखमा घर बनाउने गर्दछ ।’ उनले दाँत माँझ्न ध्यान दिईएन भने ६ सय प्रकारका ब्याक्टेरियाले क्यान्सर, ग्याष्ट्रिक, दाँत दुखाई, दाँतबाट रगत आउने, मुख गन्हाउनेजस्ता रोग निम्त्याउने पनि औंल्याए ।

रोगको प्रमुखद्वार मुख रहेको कारण सम्पूर्ण नेपाली समाजमा जनचेताना फैलाउन जरुरी रहेको उनले स्पष्ट पारे । नेपालका सरकारी अस्पतालहरुमा समेत दाँतको उपचारमा निकै रकम खर्च भइरहेकोमा उनले उक्त अस्पतालहरुलाई निःशुल्क सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

उनले भने,‘सरकारी स्वास्थ्य विभागमा इ.एन.टीको बिभाग छुट्टाईएको छ । तर, कर्मचारी भने घाम ताप्न जाने गर्दछ ।’ सम्पूर्ण कर्मचारी आफ्नो निजी व्यवसायमा रमाएको उल्लेख गर्दै उनले यसप्रति सरकार गम्भीर हुनु आवश्यक रहेको पनि स्पष्ट पारे । सरकाले केवल मात्र ११ वटा दरबन्दी इ.एन.टी. बिभागमा गरेकोमा सरकारलको दरबन्दीप्रति ध्यानाकर्षण गराएका छन् । ‘नेपाल सरकारले लागु गरेको नीति स्पष्ट नभएको कारण सच्याउन आवश्यक रहेको छ ।’–उनले थपे । सरकारले सातवटै प्रदेशमा दाँतको अस्पताल निर्माण गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै, उनले ७ सय ५३ स्थानीय निकायमा दन्त परीक्षणको क्लिनीक खोल्नुपर्ने माग गरे ।

त्यसैगरी कार्यक्रममा एसोसिएसनका कोषाध्यक्ष अमित कुमार साखले प्रत्येक नागरिकमा दाँतको जनचेतना आउनुपर्ने बताए । उनले भने,‘सरकार र सरोकारवाला मिलेर दाँतसम्बन्धी जनचेतनाको विकास आवश्यक रहेको छ ।’ दैनिक दुईपटक दाँत माँझेमा ब्याक्टरियाको संक्रमणको मात्रा न्यून हुने उनले स्पष्ट पारे ।

‘हार्ड–ब्रस’ भन्दापनि ‘सफ्ट–ब्रस’ प्रयोग गर्न उनले सुझाएका छन् । उनले एसोसिएसनले यही चैत ५ र ६ गते अनाथालयमा निःशुल्क सेवा, ब्रस र मञ्जन वितरण गर्ने कार्यक्रम राखेको पनि स्पष्ट पारे ।

नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन नेपालले विश्व ओरल हेल्थ डेको सन्दर्भमा ५ गते सम्भव नेपाल अनाथालयमा र ६ गते बाल सरस्वती विद्यालयमा निःशुल्क दन्त सेवा, ब्रस र मञ्जन प्रदान गर्ने कार्यक्रम ल्याएको बताए ।

उनले ओरल हेल्थका रोगका बारेमा प्रकाश पारेका थिए । अहिलेसम्म एसोसिएसनले गरेका कामहरु खासगरी जनताको तहमा गरेका कामहरुको बारेमा समेत उनले प्रकाश पारेका थिए ।

एसोसिएसनले स्वास्थ्य विभागअन्तर्गतको नाक, कान, घाँटी, दाँत, मुख विभागले एकलौटी रुपमा एक समूहको मात्र नीति कार्यान्वयनतर्फ उन्मुख भएको आरोप लगाएको छ । एसोसिएसनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘उक्त विभागबाट विनियोजित दाँत र मुखसम्बन्धी रोगहरुको रोकथामका बजेटसमेत सही तरिकाले उपयोग नभएकोप्रति यस एसोसिएसनको तर्फबाट आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै राज्यबाट विनियोजित रकमको सही सदूपयोगको निमित्त हार्दिक अपिल गर्दछौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री