शनिबार, १५ वैशाख २०८१

दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु भएपछि कुटिए चिकित्सक

समयपोष्ट २०७६ चैत ३ गते १५:२९

Advertisement

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा दाँतको उपचार गराउन गएकी एक महिलको मृत्यु भएको छ ।

गत शुक्रबार दाँतको उपचारका लागि नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ बर्दघाट बजारबाट उपचारका लागि अस्पताल पुगेकी यमकुमारी पुनको मृत्यु भएको हो ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पतालका चिकित्कसक तथा कर्मचारीहरुमाथि हातपात गरेका छन् ।

अस्पतालका चिकित्सक अर्चन घिमिरेलाई मृतकका आफन्तले कुटपिट गरेका हुन् । कुटपिटबाट चिकित्सक घिमिरे घाइते भएका छन् । यद्यपी घिमिरे भने उपचारमा संलग्न थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री