आइतबार, १६ वैशाख २०८१

आयो कोरोना भाइरसबिरुद्धको भ्याक्सिन

समयपोष्ट २०७६ चैत ३ गते ८:५४

Advertisement

अमेरिकामा कोरोना भाइरसबिरुद्धको भ्याक्सिन परीक्षण गरिने भएको छ । कोरोना भाइरसबिरुद्ध तयार पारिएको भ्याक्सिनको क्लीनिकल परीक्षण गर्न लागिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

नेशनल इन्स्टीच्युट अफ हेल्थले उक्त परीक्षणका लागि रकम उपलब्ध गराएको जनाइएको छ । यो परीक्षण वासिंटन राज्यको शियाटलमा रहेको केशर पर्मानेन्टे वासिंटन हेल्थ रिसर्च इन्स्टीच्युटमा हुने भएको छ ।

भ्याक्सिन पूर्णरुपमा तयार हुन भने १ बर्षदेखि १८ महिनासम्म लाग्ने जनाइएको छ । ४५ जना जवानहरुमा परीक्षण गरिने तथा सहभागीहरुमा भाइरस संक्रमणको कुनै जोखिम नभएको जनाइएको छ । परीक्षणको लक्ष्य भ्याक्सिनले कुनै मुख्य साइड इफेक्ट नगर्ने कुरा प्रमाणित गर्नुमात्र रहेको छ ।

अहिलेसम्म अमेरिकामा ३७७३ मा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा थप ८३० जनामा संक्रमण पुष्टी भएको हो ।

अहिलेसम्म अमेरिकामा ६९ जनाको मृत्यु भएको छ भने आजमात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित वासिंटन राज्य, क्यालिफोर्निया र न्युयोर्क रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री