आइतबार, १६ वैशाख २०८१

जसलाई आफ्नै घरको पार्टीमा नोवेल कोरोना सर्यो,निको भएपछि सेयर गरिन् अनुभव

समयपोष्ट २०७६ चैत २ गते १३:३८

Advertisement

अमेरिकी नागरिक एलिजाबेथ चिनेन्दरले आफ्नै घरमा आयोजित पार्टीमा सहभागि भएपछि कोभिड १९ बाट संक्रमित बनिन् । ३७ वर्षकी एलिजाबेथ चिनेन्दरले फेब्रअरी २२ मा घरमै पार्टीको आयोजना गरेकी थिईन् । पार्टीको तीन दिनपछि चिनेन्दरलाई फुल्लुको जस्तो लक्षण देखियो ।

एलिजाबेथले नोवेल कोरोनाको लक्षण देखिएको दिन देखि निको हुँदासम्म कस्तो अनुभव गरिन् त ? सि एन एनसंग उनले गरेको कुराकानी :

घरमा आयोजित भोजमा सहभागी हुँदा नै मलाई कोरोना भाइरसको संक्रमण भएको रहेछ । पार्टीमा सहभागी भएका केही अन्य साथीहरु बिरामी भए । मलाई पनि त्यही दिनदेखि केही असहज जस्तो महसुुस हुन थाल्यो । मलाई थकित भए जस्तो, शरीर गल्नुका साथै टाउको बेस्सरी दुखेको थियो ।

त्यस दिनको भोलिपल्ट उठ्दा त मेरो तापक्रम बढेर १०१ डिग्री फरेनहाईट पुगेछ । म उठ्नै सकिन, ओछ्यानमै पल्टिरहेँ । तापक्रम बढेर १०३ पुग्यो । मौसमी रुघोखोकी हुँदा पनि यस्तै हुने गर्थ्याे त्यसैले मैले सम्झेँ मलाई पनि फ्लू नै भएको हो । कोरोनाको त कल्पना नै गरेकी थिइन । मलाई कोरोना हुँदा देखिने भनिएका लक्षणहरु देखिएको थिएन र यसअघि मेरो भेट कोरोना संक्रमितसँग पनि भएको थिएन ।

मलाई खोकी लागेको थिएन, सास फेर्दा अप्ठेरो भएको थिएन । बिरामी परेका मेरा साथीहरुलाई पनि मेरो जस्तै लक्षण देखिएको थियो । चिकित्सकसँग परामर्श गर्दा उहाँले पनि फ्लुको शंका गर्नुभयो र परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । त्यतिन्जेलसम्म पनि हामीलाई कोरोना संक्रमण भएको शंकासम्म भएन र परीक्षणको कुरै उठेन ।

बिरामी परेकामध्ये एक जना साथीले अनलाइन मार्फत स्वाब परीक्षणका लागि कुरा गरिन् । अनलाइन मार्फत परीक्षणको फारम भर्यौ र हामीले परीक्षण गर्यौ मेरो रिपोर्ट कोरोना पोजेटिभ आयो । सुरुमा म निकै आत्तिएँ । आइसोलेसनमा रहेर चिकित्सकको सल्लाह अनुसार अघि बढेँ । अहिले म पूर्ण रुपमा ठिक छु ।

म मा कोरोनाको कुनै पनि लक्षण छैन । उ तपाईहरु पनि नआत्तिनुस, निको हुन्छ, आत्मबल बढाउनुहोस्, स्वस्थ रहने कोसिस गर्नुहोस् र चिकित्सकको सल्लाह अनुसार अघि बढ्नुहोस् कोरोनाबाट बच्न सकिन्छ । म यसैको एक ज्वलन्त उदाहरण हुँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री