शनिबार, १५ वैशाख २०८१

आँचलले रिसेप्सनमा लगाएकी थिईन् ६० लाखको गहना, लेहेंगाको मुल्य कति ?

समयपोष्ट २०७६ चैत २ गते १३:१२

Advertisement

नायिका आँचल शर्माले डाक्टर उदिप श्रेष्ठसंग पार्क भिलेजमा तामझामका साथ विवाह गरिन् ।

शनिबार दिएको रिसेप्सन पार्टीमा यि जोडी हेलिकप्टरमा पुगे । विवाह र रिसेप्सनपछि यतिबेला आँचलले लगाएको आउटफिट र गरगहनाका चर्चा बजारमा छ । आँचलले आफुले रिसेप्सनमा लगाएको लेहेंगा १६ लाख रुपैयाँ रहेको बताएकी छिन् । उनले १६ केजी तौलको यस लेहेंगाको डिजाइनर भारतका चर्चित सव्य साँची मुखर्जीको टिम रहेको जानकारी दिईन् । बलिउड नायिका दीपिका पादुकोण, प्रियंका चोपडाले पनि विवाहमा सोही डिजाईनरको पहिरन लगाएका थिए ।

यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको आँचलले बताईन् । सोही लेहेंगाको लागि आँचल र उदिप चार पटक भारत पुगेको थिए । नायिका शर्माले पार्टीमा करिब ६० लाख हारहारीको गहना लगाएकी थिइन् । गहना सबै हिराको भएको आँचलले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री