शनिबार, १५ वैशाख २०८१

कोभिड-१९ बिरुद्ध लड्न सार्क राष्ट्रको सहकार्य : आज साँझ भिडियो कन्फरेन्स

समयपोष्ट २०७६ चैत २ गते ११:३९

Advertisement

सार्क मुलुक कोभिड -१९ बिरुद्ध एक भएर लड्ने भएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना विरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने तय भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि त्यसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने प्रस्ताव अघि सारेका थिए । मोदीको प्रस्तावलाई सार्क राष्ट्रहरुले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पछिल्लो पटक सार्वजनिक भएको तथ्याङ्क अनुसार भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसको संक्रमणबाट भारतमा २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री