शनिबार, ५ जेठ २०८१

पुर्व मिस नेपाल खड्गीले रुदैँ भनिन् -अब शारीरिक र मानसिक यातना सहेर जीपिसंग बस्दिन (भिडियो सहित)

समयपोष्ट २०७६ चैत २ गते ७:३९

Advertisement

 

पुर्व मिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्ध  टुटेको बताएकी छिन् । सन् २००० कि मिस नेपाल खड्गीले शनिबार फेसबुकमार्फत पति जीपी तिमिल्सिनासंगको सम्बन्ध अन्त्य भएको बताएकी हुन् ।

उनले लेखेकी छिन् ,‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ ।’उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

Advertisement

After 17 year of marriage if i have to tolerate physical and mental abuse than there is no base to continue….Now I…

Posted by Usha Khadgi on Saturday, March 14, 2020

उनले यो स्टेटससँगै आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गरेकी छिन् । एउटा क्लिपमा उनी रोइरहेको पनि देख्न सकिन्छ ।

यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए ।

उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री