नेपालबाट अस्ट्रेलिया पुगेका युवामा कोरोना पोजेटिभ

नेपालबाट सिंगापुर टान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक आशंका छ ।

Advertisement

अस्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, स्वास्थ्य धेरै खराब भएपछि उनी फेरि अस्पताल पुगेका थिए ।

हाल आइसोलेसन वार्डमा राखिएका उनको व्यक्तिगत विवरण दूतावासबाट नआएको परराष्ट्र मन्त्रालयका सम्बन्धित डेस्क हेर्ने एक अधिकृतले बताए । उनले भने, ‘हामीले नेपाली दूतावाससँग ती व्यक्तिको विस्तृत विवरण मागेका छौँ, हामीले मागेको विवरण प्राप्त भएपछि मात्रै विस्तृत भन्न सक्छौँ ।’

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले पनि संक्रमित व्यक्तिको पहिचान खुलिनसकेको बताए । ती व्यक्ति नेपालमा कहाँ बसेको थिए र को को संग सम्पर्कमा थिए भन्ने खोजी भइरहेको र विश्व स्वास्थय संगठनले उनका बारेमा जानकारी लिन थालेको पनि कोइरालाले बताए । ती युवा सिड्नी हुँदै होबार्ट भन्ने ठाउँमा पुगेका छन् । यो मेनल्याण्ड अस्टेलियाबाट २४० किलोमिटर दक्षिणमा छ ।

त्यहाँका पब्लिक हेल्थ सर्भिससम्बन्धी निर्देशक मार्क भेइटेकले अस्टेलियाको एबीसी अनलाइनमा भनेका छन्, यी व्यक्ति सिंगापुर र सिड्नी हुँदै आइपुगेका छन् । यहाँ आएको भोलिपल्टबाट उनलाई रुघाजस्तो लक्षण देखिए पनि उनले काम गरिरहे र कलेज पनि गइरहेको सूचना पाएका छौँ । संक्रमित नेपाली युवाले होबार्टको ग्रान्ड चान्सलर होटल तथा होठलको रेस्टुरेन्ट तासमानमा काम गर्ने गरेको पनि निर्देशक मार्कको भनाई छ ।

Advertisement

उनले १७ र १८फागुनमा होटलमा साँझ पाँचबजदेखि ११ बजेसम्म काम गरेको रेकर्ड देखिएको छ । होटलले ती नेपालीसँग सम्पर्क भएक स्टाफ र विद्यार्थीसँग सम्पर्क गरेको छ । ती व्यक्ति २३ फागुनमा कार्गो रेस्टेरेन्ट एण्ड ओ बारमा राती १० बजेदेखि विहान २ बजेसम्म रहेको पनि समाचारमा उल्लेख छ । उनी छोटो समय पार्लियामेन्ट लावन्जमा रहेको पनि उल्लेख छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री