आइतबार, ६ जेठ २०८१

बिहान ५ बजेबाट सुरु हुन्छ मुकेश अम्बानीको दैनिकी, हेर्नुहोस् कसरी बित्छ उनको दिन ?

समयपोष्ट २०७६ फागुन २० गते १५:३०

Advertisement

मुकेश अम्बानी विश्वका धनीहरुको सूचीमा अहिले ३६ औं स्थानमा छन् । उनको पूरा नाम मुकेश धीरूभाई अम्बानी हो । उमेरले उनी ६३ वर्षका भए । उनी भारतीय व्यवसायी तथा रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष, प्रबन्ध निर्देशक एवं कम्पनीको सबैभन्दा धेरै शेयर भएका व्यक्ति हुन् । अम्बानीको कूल सम्पत्ती फोब्र्स पत्रिकाको २०१९ को प्रतिवेदन अनुसार ५० बिलियन डलर रहेको छ ।

दक्षिण मुम्बईको अल्टामाउन्ट रोडमा रहेको उनी बस्ने घर एन्टिलिया पनि विश्वको सबैभन्दा महंगो घरहरुको सूचीमा पर्छ ।

उनै धनाड्य मुकेश अम्बानीको दैनिकी कसरी बित्छ त ?

अम्बानी हरेक दिन बिहान ५ बजेदेखि सुरु भएर साँझको ११ बजेसम्म चल्ने गर्छ । अम्बानी बिहान ५ बजेदेखि साढे ६ बजेसम्मको समय आफ्नो शारीरिक अभ्यास, स्वीमिङ वा समाचारपत्र पढ्नेकामको लागि खर्च गर्ने गर्छन् ।

Advertisement

त्यसपछिको समय उनी आठ बजेसम्म पत्रपत्रिका पढ्ने वा आफ्नो अरु व्यक्तिगत काममा समय गुजार्ने गर्छन् । त्यसपछि बिहान ८ बजे आफ्नो भवनको १९औं तल्लामा गएर बिहानको खाजा खाने गर्छन् । उनी आफ्नो खानामा मेवाको जुस लिन कहिलै पनि भुल्दैनन् । बिहानको खाजा वा खानामा उनी दक्षिण भारतीय परिकारलाई धेरै मन पराउँछन् । हरेक आइतबार आफ्नो मनपर्ने रेष्टुरेन्टमा उनी दक्षिण भारतीय खाना खानकै लागि जाने गर्छन् ।

बिहानको साढे ९ बजेदेखि १० बजेसम्ममा उनी अफिसको लागि तयार हुन्छन् । यो तयारीको लागि उनी आफ्नो घरको १४ औं तल्लामा जान्छन् । त्यसपछि आफ्नो व्यक्तिगत सामग्रीहरु (ल्यापटप, ब्याग आदि) लिनको लागि २१ औं तल्लामा गएर कार्यालयको लागि निस्कने गर्छन् ।

उनी कार्यालयमा धेरै सेतो सर्ट र कालो पाइन्टमा जान रुचाउँछन् । अफिस जानुपूर्व आमाको आशीर्वाद लिन कहिलै नभुल्ने बानीका कारण उनलाई जान्नेहरु अचम्ममा पर्छन् । आमाको आशीर्वाद पछि उनी १६ औं तल्लामा रहेकी आफ्नी पत्नी नीता अम्बानी र १३ औं तल्लामा रहेका बच्चासँग भेटेर मात्रै उनी कार्यालय जान्छन् । उनी मर्सिडिज कारमा यात्रा गर्छन् । ड्राइभर पनि नराखिएको होइन । तर, उनी प्रायः आफैं सवारी चलाउने गर्छन् ।

उनी हरेक दिन दिउँसो ११ बजे अफिस जान्छन् । अफिस पुगेर आफ्नो स्वकीय सचिवले तयार पारेको बैठकमा सहभागी हुन्छन् । उनलाई उनीसँग काम गर्ने ज्यादा मानिसहरुको नाम याद हुन्छ । उनी अफिसबाट घरको लागि राति ९ बजे निस्कन्छन् । घर गएर नीता अम्बानीको साथमा १९ औं तल्लामा त्यही नौ देखि साढे नौ बजेतिर डिनर गर्छन् ।

रातिको खानामा उनी सामान्य खाना रुचाउँछन् । उनको साँझको खानामा दाल, चामल, रोटी आदि धेरै हुने गर्छ । खानापछि उनी दिनभरीको कामको बारेमा नीतालाई अनुभव सुनाउने गर्छन् । त्यसपछि नीता सुत्न जान्छिन् भने उनी अफिसको बाँकी काम सक्नेतर्फ लाग्छन् । यसरी नै उनको दैनिकी सकिने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री