शनिबार, ८ वैशाख २०८१

ऊर्जामन्त्रीले गरे तीन वटा सवस्टेशनको उद्घाटन

समयपोष्ट २०७५ फागुन ९ गते १९:४०

Advertisement

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तीनवटा सबस्टेसनको उद्घाटन गरेका छन्।

मन्त्री पुनले बिहीबार कैलाली र बर्दियाको विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएका हसुलिया ३३/११ केभी, पहलमानपुर १३२/३३/११ केभी र बिहिबार भुरीगाउँ १३२/३३ केभी सबस्टेसनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सुहलियतपूर्ण ऋणमा निर्माण भएका सबस्टेसनको काम निर्धारित समयमै सकिएको हो।

सबस्टेसन संचालनमा आएपछि कैलाली र बर्दियाका विभिन्न ठाउँमा लामो दुरी र ओभरलोडिङका कारणले पटकपटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण वत्ति, पंखा, मोटर लगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री