खानेपानी आयोजना सम्पन्न

म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकममा निर्माण भएको कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजनाबाट करीब ३५० घरधुरी लाभान्वित भएका छन् ।

Advertisement

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु दुई करोड ६७ लाख ८८ हजार ५५५ को लागतमा निर्माण भएको आयोजनाबाट ताकम र काफलडाँडा गाउँका ३३६ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ ।

आयोजनाका कोषाध्यक्ष गोपाल आचार्यका अनुसार पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट ९५ लाख ११ हजार ३०२, तत्कालीन ताकम गाविस र धौलागिरी गाउँपालिकाबाट रु १६ लाख सात हजार ३१३ अनुदान तथा भारतीय राजदूतावासबाट रु ६५ लाख ६७ हजार ९१७ बराबरको निर्माण सामग्री सहयोग प्राप्त भएको थियो ।

समितिका कोषाध्यक्ष आचार्यका अनुसार रू एक करोड ४८ लाख २० हजार ७३५ बराबरको श्रमदान, उपभोक्ताबाट रू २५ लाख ४२ हजार ८१५ नगद सङ्कलन भएको थियो । रु सात लाख २९ हजार ४१४ भुक्तानी दिन बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

ताकमका ३०७ वटा घरमा निजी धारा र काफलडाडाँका २९ घरमा नौ वटा बालमैत्री सार्वजनिक धारामार्फत खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताए ।

Advertisement

कोतखोलामा मुहान रहेको आयोजनाको तीन किलोमिटर मुख्य र ३२ किलोमिटर शाखा वितरण लाइन रहेको छ । यसअघि सार्वजनिक धारा, पधेरा र कुँवाको पानी उपभोग गर्दै आएका ताकमवासीलाई घरघरमा जडान गरिएको निजी धारामा नियमित खानेपानी आपूर्ति भएपछि सुविधा पुगेको छ । प्रतियुनिट १० रुपैयाँका दरले महशुल निर्धारण गरिएको सचिव ऋषिराम सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री