शुक्रबार, १६ चैत २०८०

सामसुङको ग्यालेक्सी फोल्ड र एस १० को तीन मोडल लञ्च, हेर्नुहोस् के-के छन् बिशेषता ?

समयपोष्ट २०७५ फागुन ९ गते १४:४६

Advertisement

सामसुङले बिहीबार पहिलो फोल्डेबल र फाइभजी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ ।

४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी फोल्डमा ६ वटा क्यामरा – एउटा फ्रन्ट, तीनवटा ब्याक र दुई भित्रीतर्फ छ । तीनवटा रियर क्यामरामध्ये एउटा १६ मेगापिक्सल र दुई १२ मेगापिक्सलका छन् । भित्रका दुई क्यामरा १० र ८ मेगापिक्सल र फ्रन्ट क्यामरा १० मेगापिक्सलको छ ।

सामसुङको फोल्डेबल फोन एन्ड्रोइड ९.० भर्सनमा चल्नेछ । यो दुई भेरियन्ट 4G LTE र 5G मा उपलब्ध हुन्छ । यो फोन चार रंग – कालो, सिल्भर, हरियो र निलोमा उपलब्ध छ ।

फोल्डेबल फोनमा दुई ब्याट्रि छन् । यसको कूल क्षमता 4,380mAh हो । फोनमा १२ जीबी –याम र ५१२ जिबी इनबिल्ट स्टोरेज पाइन्छ । यसलाई बढाउनका लागि कुनै विकल्प उपलब्ध छैन ।

ग्यालेक्सी फोल्ड एकैपटक तीनवटा एपलाई सपोर्ट गर्छ । प्रयोगकर्ताले नेटफ्लिक्समा फिल्म हेर्दै गुगलको प्रयोग पनि गर्न सक्छन् । साथै, टेक्स्ट मेसेजको जवाफ पनि दिन सक्छन् ।

ग्यालेक्सी एस १० को तीन मोडल लञ्चः

सामसुङले ग्यालेक्सी एस १० सिरिजका तीन मोडल ग्यालेक्सी एस १० ई, एस १० प्लस र एस १० लञ्च गरेको छ । एस १० को फाइभजी भेरियन्ट पनि लञ्च गरेको छ ।

ग्यालेक्सी एस १० ईमा ५.८ इन्चको डिस्प्लेको साथमा स्न्यापड्र्यागन ८५५ प्रोसेसर दिइएको छ । यसको रियरमा १६+१२ मेगापिक्सलको ड्युअल क्यामरा र फ्रन्टमा १० मेगापिक्सलको क्यामरा छ । यसमा 3100mAh को ब्याट्रि छ । यसको ६ जीबी –याम, १२८ जीबी स्टोरेज र ८ जीबी –याम, २५६ जीबी स्टोरेजका साथै दुई मोडल लञ्च गरिएको छ । यसको सुरुवाती मोडलको मूल्य ७५० डलर अर्थात् ८५ हजार रुपैयाँ छ ।

ग्यालेक्सी एस१० मा ६.१ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसको रियरमा १६+१२+१२ मेगापिक्सलको ट्रिपल क्यामरा र १० मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यसमा 3400mAh को ब्याट्रि दिइएको छ । यसलाई १२८ जीबी र ५१२ जीबी स्टोरेजको साथमा दुई मोडलमा उतारिएको छ र दुबैमा ८ जीबीको –याम पाइन्छ । यसको सुरुवाती मोडलको मूल्य ९ सय डलर अर्थात् एक लाख बढी छ ।

ग्यालेक्सी एस१० प्लस प्रिमियम मोडल हो जसमा ६.४ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसमा पनि रियरमा १६+१२+१२ मेगापिक्सलको क्यामरा र फ्रन्टमा १०+८ मेगापिक्सलको ड्युल क्यामरा छ । यसलाई ८ जीबी –याम, ५१२ जीबी स्टोरेज र १२ जीबी –याम, १ टीबी स्टोरेजसहित दुई मोडलमा पनि उतारिएको छ जसको सुरुवाती मूल्य लगभग एक लाख १४ हजार रुपैयाँ छ । यसमा 4100mAh को ब्याट्रि दिइएको छ । यी तीनै मोडलको स्टोरेजलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री