शनिबार, ५ जेठ २०८१

आफूजस्तै देखिने जुलियालाई भेटेपछि अनुष्काले दिइन् यस्तो प्रतिक्रिया

समयपोष्ट २०७५ माघ २४ गते १३:३८

Advertisement

अमेरिकी गायिका जुलिया माइकल्सको सन्देशमा बलिउड अभिनेत्री अनुष्का शर्माले प्रतिक्रिया दिँदै आफूले जिन्दगीभरी उनलाई नै खोजिरहेको बताएकी छिन् ।

जुलियाले आफ्नो तस्बिरसँगै अनुष्काको तस्बिर राखेकी छिन् जसमा यी दुई एउटै देखिएका छन् । यही हप्तामा सुरुमा अनुष्काजस्तो देखिने माइकल्सको एउटा तस्बिर अनलाइनमा भाइरल भएको थियो ।

माइकलले सोमबार ट्वीटरमा आफ्नो तस्बिरको कोलाज साझा गर्दै लेखिन्, ‘हाई अनुष्का शर्मा, सायद हामी जुम्ल्याहा हौं ।’

Advertisement

जुलियाको ट्वीटमा अनुष्काले पनि प्रतिक्रिया दिँदै लेखेकी छिन्, ‘ओएमजी, हो !… मैले जीवनभरी तिमीलाई र हामीजस्तै देखिने अन्य पाँच व्यक्तिलाई खोजिरहेँ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री