शनिबार, ५ जेठ २०८१

जबर्जस्ती अक्षयको घरमा छिर्न खोज्ने एक युवक पक्राउ

समयपोष्ट २०७५ माघ २४ गते १२:०९

Advertisement

बलिउड अभिनेता अक्षय कुमारको घरमा जबर्जस्ती प्रवेश गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मुम्बई पुलिसले जुहुस्थित अक्षयको घरमा प्रवेस गर्न खोज्ने हरियाणाका अंकित गोस्वामीलाई पक्राउ गरेको भारतिय मिडियाहरुले जनाएका छन् ।

एक वरिष्ठ पुलिस अधिकारीका अनुसार हरियाणामा बस्ने अंकित गोस्वामी अक्षय कुमारलाई भेट्न चाहन्थे र यही एक कारणका लागि मुम्बई आएका थिए ।

बलिउड सेलिब्रिटीको घर उनीहरुका प्रशंसकका लागि कुनै पर्यटकीय स्थलभन्दा कम हुँदैन । सेलिब्रिटीको एक झलक पाउनका लागि प्रशंसकहरु घण्टौंसम्म उनीहरुको घर बाहिर उभिन्छन् । साथै, उनीहरुको घरबाहि उभिएर तस्बिर खिच्नु र त्यसलाई सोसल मिडियामा अपलोड गर्नु पनि मानिसहरुका लागि निकै खास हुन्छ ।

अक्षयका यी प्रशंसक गोस्वामीले गुगलमार्फत अभिनेताको खोजी गरेका थिए । सोमबार अबेर राती जब उनी घरभित्र प्रवेश गर्ने कोसिस गरे तब सुरक्षाकर्मीले उनलाई समाते ।

Advertisement

पुलिस अधिकारी परमजीत सिंह दहियाले जुहु पुलिसले उनीसँग सोधपुछ गरेको र मंगलबार उनलाई पक्राउ गरिएको जानकारी दिए । यी व्यक्ति २० वर्ष हाराहारीको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री