शनिबार, ५ जेठ २०८१

२१ वर्षे टिभी अभिनेत्री नागा झाँसी घरमा मृत फेला

समयपोष्ट २०७५ माघ २३ गते १३:२७

Advertisement

तेलुगु टिभी अभिनेत्री नागा झाँसी हैदराबादस्थित आफ्नो घरमा मृत अवस्थामा फेला परेकी छिन् । बुधबार २१ बर्षिया नागा झाँसीको शव श्रीनगर कोलोनीस्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

उनले घरमा कोही पनि नभएको मौका पारेर आत्महत्या गरेको बताइएको छ । उनका भाइ दुर्गाप्रसादले ढोका ढक्ढकाउँदा भित्रबाट कसैले पनि केही प्रतिक्रिया नदिएपछि डराएका उनले छिमेकीलाई बोलाएर ढोका फोडेको बताइएको छ ।

भित्र छिर्नेबित्तिकै उनको शव पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको भारतीय संचारमाध्यम टाइम्स नाउले बताएको छ । पुलिसले झाँसीको मोबाइलको अनुसन्धान सुरु गरेको र पुलिसले कल डिटेल र च्याट रेकर्डको पनि अनुसन्धान थालेको जानकारी दिएको छ ।

आन्ध्र प्रदेशमा बस्ने झाँसीले ‘पवित्र बन्धन’ बाहेक विभिन्न टेलिभिजन श्रृङ्खलामा काम गरी थिइन् । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री