बिहीबार, १ साउन २०८२

नेपाल टेलिकमको प्रिपेड फोन अब विदेशमा पनि चल्ने

समयपोष्ट २०७५ माघ २२ गते १५:१८

Advertisement

नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवामा अन्तर्राष्ट्रिय रोमिङ सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनीले १५ औ बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइल सेवामा रोमिङ सुविधा उपलब्ध गराउने भएको हो । यसअघि कम्पनीले नेटवर्कमा विदेशी अपरेटरका ग्राहक तथा कम्पनीका पोष्टपेड ग्राहकलाई मात्र विदेशी अपरेटरको नेटवर्कमा रोमिङ सेवा प्रदान गरेको थियो । आजदेखि भने यो सेवा प्रिपेडमा पनि लागू भएको छ ।

टेलिकमले पहिलो चरणमा भारत र चीनमा यो सेवा उपलब्ध हुने जनाएको छ । यसमा कुनै धरौटीको व्यवस्था छैन । यद्यपि, पहिलेदेखि अन्तर्राष्ट्रिय रोमिङ कल सुविधा पाउँदै आएका पोष्टपेड ग्राहकले भने १० हजार धरौटी राख्नुपर्ने व्यवस्था जनवरी १ बाट लागू भएको छ । यसअघि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री