शनिबार, ५ जेठ २०८१

यसकारण अभिषेक पटक–पटक हेर्छन् ऐश्वर्या र सलमानको ‘हम दिल दे चुके सनम’

समयपोष्ट २०७५ माघ २२ गते १३:२६

Advertisement

बलिउड अभिनेता अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या र सलमान खानको सम्बन्ध कुनै बेला निकै चर्चामा थियो ।

तर उक्त सम्बन्ध विवाहसम्म भने पुग्न सकेन । अभिषेकले सन् २००७ मा ऐश्वर्या रायसँग विवाह गरे ।

ऐश्वर्या र सलमानको सम्बन्ध को चर्चा जति भए पनि त्यो सम्बन्धले खान र बच्चनको सम्बन्धमा भने तिक्तता ल्याएको छैन । यतिमात्रै होइन, अभिषेकलाई ऐश्वर्या र सलमानको अनस्क्रिन जोडी निकै मनपर्छ ।

फिल्म मनमर्जियाको प्रोमोशनको क्रममा अभिषेकले उनलाई सलमान र ऐश्वर्याको फिल्म हम दिल दे चुके सनम निकै मनपरेको बताएका थिए । उनले उक्त फिल्म धेरै पटक हेरेको बताएका थिए ।

Advertisement

यस्तै, सलमान खानले भारतीय टेलिभिजन शो आपकी अदालतमा अभिषेक बच्चनसँगको सम्बन्धबारे कुराकानी गरेका थिए ।

वास्तवमा, कार्यक्रमका प्रस्तोताले उनलाई विवेक ओबरोयसागको सम्बन्धबारे प्रश्न सोधिरहेका थिए । यतिबेला कार्यक्रमका प्रस्तोताले ‘अभिषेक बच्चनसँग समस्या छ ?’ भनेर सोधे । यसमा सलमानले भनेका थिए, ‘मलाई अभिषेक बच्चनसँग, कसैसँग पनि केही समस्या छैन ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री