कञ्चनस्काई डिजिटल वायरलेस टिभी सञ्चालनमा आउने
कञ्चनस्काई डिजिटल वायरलेस टिभी सञ्चालनमा आउने भएको छ ।
कम्पनीले पत्रकार सम्मेलन गरी नेपाल सरकारबाट मल्टी च्यानल मल्टी पोइन्ट डिष्ट्रिव्युसन सिस्टम प्रविधिमा आधारित अत्याधुनिक प्रविधि प्रयोगमा ल्याई डिजिटल वायरलेस टेलिभिजन सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएको हो ।
कञ्चनस्काई डिजिटल वायरलेस टिभी विना तार टिभी हेर्न सकिने प्रविधि हो । जसलाई विश्वका धेरै देशहरुले प्रयोग गर्दै आएका छन । प्रविधिका हिसावले सजिलो र भरपर्दो भएकै कारण यसको लोकप्रियता बढ्दो छ । डिभीबी डिजिटल भिडियो ब्रोडकास्टीङको मापदण्डमा यो टिभी हेर्न सकिन्छ ।
यो प्रविधि डिभीबी–एस २ मोडुलेसनमा आधारित भएकोले यो सफल प्रविधि मानिन्छ ।
भौगोलिक जटिलताका कारण शहर नजिकको एउटा अग्लो स्थानमा यसको प्रसारण केन्द्र स्थापना गर्दा सजिलै हरेक नेपालीहरुको घर घरमा डिस एन्टिनामार्फत उच्च स्तरीय गुणस्तरमा टिभी हेर्न सकिने कम्पनीले जनाएको छ । नेपाल जस्तो सानो देशमा थुप्रै च्यानेलहरु स्याटेलाइमार्फत प्रसारण गर्दा र शहर भरि तारहरुमा ठूलो मात्रामा लगानी हुने हुँदा त्यसको विकल्पको रुपमा यो प्रविधि उत्तम मानिन्छ ।
नेपालमा कञ्चनस्काई डिजिटल वायरलेस टिभीमार्फत विभिन्न स्थानमा टावर स्थापनागरी १६० माथिका एसडी, एचडी र फोरके प्रविधिको गुणस्तरीय वारलेस टिभी सेवाकासाथै स्थानीय रुपमा प्रशारण केन्द्र्र स्थापना गरी तार रहित सेवा संचालनको प्रयासमा हामी लागेको कम्पनीले जनाएको छ ।
कञ्चनस्काईले सुदुर पश्चिमको महाकाली महेन्द्रनगर हुँदै काठमार्डौमा प्रशारण केन्द्रको स्वीकृती लिई केन्द्रबाट वायरलेस डिजिटल टिभी सेवा संचालनको थालनी गरेको हो । निकट भविष्यमा यस कम्पनीले देश भरिनै सेवा विस्तार गर्ने लक्ष र उद्देश्य लिएको जनाएको छ ।
प्रतिक्रिया