शनिबार, ५ जेठ २०८१

एकै रातमा ८२ करोड खर्च गर्ने यी राजकुमार जसले किमसंग १ रात बिताउन गरेका १ अर्बको प्रस्ताव

समयपोष्ट २०७५ माघ २० गते १४:२७

Advertisement

साउदी अरबका राजा सलमानका ३१ बर्षिया छोरा मोहम्मद बिन सलमान केही महिना अघि नयाँ युवराजाधिराज घोषित भए । राजा सलमानले आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएर आफ्ना छोरालाई युवराज घोषणा गरेका थिए ।

रिपोर्टका अनुसार युवराजाधिराज सलमान परिवारका अन्य सदस्यजस्तै विलासी जीवनशैलीका निकै शौखिन छन् । उनी साउदी शाही परिवारका शीर्ष १० धनीमा समावेश छन् । ‘द टप रिचेस्ट’ नामको वेबसाइट अनुसार उनको कूल सम्पत्ति करिब तीन अर्ब डलर छ ।

सलमान इकोनोमिक काउन्सिल एण्ड डेभलपमेन्ट अफ साउदी अरबका प्रमुख पनि हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको पहिलो विदेश भ्रमणमा साउदी अरब बोलाउनुमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।

एक रातमा रित्ताए ८२ करोडः

Advertisement

युवराजाधिराज मोहम्मदले केही वर्ष पहिले माल्दिभ्समा आफ्नो जन्मदिनको पार्टी आयोजना गरेका थिए । मिडिया रिपोर्ट अनुसार एक रातको पार्टीका लागि सलमानले ८० लाख डलर (८२ करोड रुपैयाँ) रित्ताएका थिए ।

उक्त पार्टीमा पिट बुल, जेनिफर लोपेज र शकिराजस्ता सेलिब्रिटीलाई बोलाईको थियो । साथै, गेंगनम स्टाइल फेम पिएसवाई पनि उक्त पार्टीमा उपस्थित थिए । उनले उक्त पार्टीमा छिमेकी देशका थुप्रै युवराजाधिराज र चर्चित हस्तीलाई आमन्त्रण गरेका थिए ।

एक रातका लागि किम कार्दासियनलाई दिए १ अर्बको अफरः

युवराजाधिराज मोहम्मदले आफूसँग एक रात बिताउनका लागि चर्चित अमेरिकी टेलिभिजन सेलिब्रिटी किम कार्दासियनलाई १ अर्बको अफर दिएका थिए ।

कार्दासियनका श्रीमान् कान्ये वेस्टले एक ट्वीट गरेका थिए । यसमा उनले आफू ५.३ करोड डलरको ऋणमा डुबेको बताएका थिए ।

यसबारे जब युवराजाधिराजलाई सोधियो तब उनले आफूलाई कान्येमा केही रुची नभएको तर यदि उनले श्रीमती (किम कार्दासियनलाई एक रातका लागि उनका लागि ल्याए उनलाई १ करोड डलर (१ अर्ब रुपैयाँ) दिने बताएका थिए ।

उनको यो बयान पश्चिमी मिडियामा निकै चर्चित बन्यो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री