शनिबार, ५ जेठ २०८१

सुत्केरी भएपछि सेक्स लाइफ राम्रो बनाउन यसो गर्नुहोस्

समयपोष्ट २०७५ माघ २० गते १३:३४

Advertisement

सुत्केरी भैसकेपछि सेक्स राख्दा धेरै कुरामा सावधानी अपनाउनुपर्छ ।

विशेषगरी मेल पार्टनरले सुत्केरी भइसकेको अवस्थामा सेक्स गर्न चाहन्छन् भने फिमेल पार्टनरको विशेष ध्यान दिनु आवश्यक हुन्छ । सुत्केरी भैसकेपछि महिलाको शरीर पूर्ण रुपले सामान्य हुनमा लगभग ६ देखि ७ हप्ता समय लाग्छ । ६ देखि ७ हप्तापछि डक्टरसँग परामर्श लिएर सेक्स सम्बन्ध अगाडी बढाउँदा उपयुक्त हुन्छ ।

हतार नगरौ 

Advertisement

महिलामा सेक्सको लागि इच्छा कम हुनुको पछाडीको ठूलो कारण हो उनको भजाइना अर्थात् यौनीमा पीडा हुनु । डेलिभरीको समय त्यसमा चिरा लगाइन्छ र त्यसपछि त्यसमा स्टिच पनि गरिन्छ । यस्तो अवस्थामा त्यो घाउ पूर्ण निको नहोन्जेल त्यसमा पीडा भइ नै रहन्छ । 

बर्थ कन्ट्रोलको प्लानिंग गर्नुस्

तपाईं अहिले भर्खर डेलिभरीबाट बाहिर निस्कनु भएको छ र यस्तोमा फेरि गर्भवति हुनु राम्रो होइन । त्यसकारण सेक्सको समय पुरै ध्यान राख्नुपर्छ कि तपाईंको महिनावारी नियमित रूपले सुरु भएको छैन भने तरपनि गर्भ बस्ने खतरा रहिरहन्छ । त्यसकारण पूर्ण रुपले ध्यान दिनुपर्छ र सुरक्षा अपनाउनुपर्छ । 

लुब्रीकेन्टको प्रयोग गर्नुस 

सम्भावना हुन सक्छ कि महिला पार्टनर सेक्सको लागि मनले तयार भएपनि उनको शरीरले साथ नदिन सक्छ । अर्थात् उनको भजाइना लुब्रीकेन्ट नआउन सक्छ । यस्तो औषधिको कारणले हुन सक्छ । यस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउनका लागि दबाव दिनु राम्रो हुँदैन । त्यस कारण यदि सम्बन्ध बनाउनु छ भने तपाईंले लिक्विड लूब्रिकेन्टको प्रयोग गर्न सक्नुहुनेछ जसले उनलाई पीडा हुँदैन र सम्बन्ध सहज हुन सक्छ । 

सेक्स केवल शारीरिक गतिविधि होइन, यसमा मनोभावनाको पनि उत्तिकै योगदान हुन्छ । त्यसैले डेलिभरीपछि सेक्सको शुरूवात गर्नुभन्दा पहिले एक अर्कालाई आफ्नो समय दिनुस् । केहि महत्वपूर्ण समय एक अर्कासँग विताउनुस् । आमा बनिसकेपछि कतिपय बेला महिलाहरु डिप्रेसनबाट गुज्रिनु परेको हुन्छ । त्यसकारण यस अवस्थामा उनलाई माया गर्नुस् र उनको विशेष केयर गर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री