शनिबार, ५ जेठ २०८१

तैमुरकी केयरलेस आमा भनेपछि भड्किइन् करिना, दिइन् यस्तो जवाफ

समयपोष्ट २०७५ माघ २० गते १२:१३

Advertisement

कट्रिनाले केही दिनअघि एक टक शोमा आफूलाई लापरवाह आमा बताउने ट्रोलर्सलाई कडा जवाफ फर्काएकी छिन् । यसबारे कुरा गर्दै करिना भन्छिन्, ‘केही समयअघि मलाई एउटा फोटोका लागि ट्रोल गरियो । यो फोटोमा म एउटा प्राइभेट जेटको अगाडि उभिएकी छु । ट्रोलर्सले म एक केयरलेस आमा हुँ भनिदिए । मैले छोराका लागि एक सहयोगी राखेकोमा पनि उनीहरुको आपत्ति थियो ।’

त्यसपछि उनले रिसाउँदै भनिन्, ‘तपाईंहरुलाई मेरो विवाहबारे केही थाहा छैन । यस्तो भन्ने व्यक्तिहरुले यो बुझ्नुहोस् कि तपाईंलाई मैले त्यो औंला देखाइरहेकी छु जुन मेरो दिमागमा अहिले चित्रित छ ।’

साथै, करिनाले तैमुरबारे पनि कुराकानी गरेकी छिन् । उनले भनेकी छिन्, ‘सैफ कहिले पनि तैमुरलाई एक्लो छोड्दैनन् । उनी तैमुरका लागि निकै केयरिङ छन् । मैले उनलाई धक्का दिनुपर्छ । एकपटक सैफ सुटका लागि देश बाहिर जानु थियो, उनले तैमुरलाई छोड्न नसक्ने बताउँदै सुटिङ क्यान्सल गरिदिने बताए । तर मैले उनलाई जानैपर्छ भनेर जिद्दी गरेँ ।’

करिनाले तैमुरको पहिरनबारे पनि कुराकानी गरेकी छिन् । आफूले कहिले पनि तैमुरलाई अत्यधिक महँगा ब्रान्डका लुगा नलगाइदिएको उनले बताइन् । उनले भनिन्, ‘म तैमुरका लागि आफैं सपिङ गर्छु । मैले कहिले पनि उसको लागि गुचीजस्ता ब्रान्डको कपडा लगाइदिएकी छैन । तैमुर अहिले निकै सानो छ । उसको लागि महँगो कपडाको साटो साधारण कपडा नै लगाइदिने गरेकी छु । तैमुरका लागि एडिडासजस्ता ब्रान्डको कपडा किन्छु ।’एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री