शनिबार, ५ जेठ २०८१

सलमान र कट्रिना विवाह गर्दै !

समयपोष्ट २०७५ माघ २० गते १२:००

Advertisement

सलमान खान र कट्रिना कैफ विवाह बन्धनमा बाँधिने भएका छन् । यी जोडीले विवाहको तयारी समेत पुरा गरिसकेका छन् । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ ।

डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् ।

भारतको सेटबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरेका छन् ।

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री