शुक्रबार, १४ वैशाख २०८१

महिलाहरुले किन फोड्नुहुँदैन नरिवल 

समयपोष्ट २०७३ फागुन १७ गते ६:२२

हिन्दु धर्ममा भगवानलाई नरिवल चढाउँने परम्परा बर्षै अघि सुरुवात भएको हो । परापुर्वक कालमा पशु बलि दिएर भगवानलाई खुसि बनाउँने प्रचलन थियो तर विस्तारै मानिसहरुलेनै पशु बलि दिने परम्परालाई तोड्दै नरिवलको बलि चढाउँने परम्पराको थालनी गरेको शास्त्रहरुमा उल्लेख छ । नरिवल फोडे पछि भगवानलाई त्यस भित्रको पानीले अभिषेक गर्ने गरिन्छ  । 
नरिवललाई श्रीफल पनि भनिन्छ । भगवान् विष्णु पृथ्वी लोकमा अवतार लिएर आउँदा लक्ष्मी,कामधेनु गाई र नरिवलको बृक्षलाई साथमा लिएर आएको हिन्दु धर्म शास्त्रमा उल्लेख गरिएको छ । नरिवलको बृक्षमा ब्रह्मा,भगवान् विष्णु,भगवान् शिवको बास हुने गर्दछ । त्यसकारण नरिवलको रुखलाई कल्पबृक्ष समेत भन्ने गरिन्छ । श्रीफल भगवान् शिवको मनपर्ने फल हो । यसकारण नरिवलमा बनेको तिन ओटा कालो गोलो थाप्लालाई त्रिनेत्रको रुपमा शास्त्रमा उल्लेख छ । 
नरिवल बिउ हो जसले नयाँ जिवन दिने क्षमता राख्दछ । महिलाहरुले पनि नयाँ जिवन दिने क्षमता राख्ने हुँदा महिलाहरुको हातबाट जिवनको अन्त गर्नु गलत मानिन्छ । त्यसकारण महिलाहरुलाई नरिवल फोड्ने अनुमति हिन्दु धर्म शास्त्रले दिदैन । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री