शुक्रबार, १४ वैशाख २०८१

अभिनेता अमिताभ बच्चन र जया बच्चनबिचको सम्बन्धबारे नयाँ खुलासा,संगै बस्दैनन् यि दुई

समयपोष्ट २०७३ फागुन १३ गते ७:१७

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनकी श्रीमती जया बच्चन अलग अलग घरमा बस्ने रहस्य खुलेको छ । अमिताभ बच्चनका ज्यादै नजिकका साथी एवं भारतीय राजनितिज्ञ अमर सिंहले भारतीय सञ्चार माध्यमसंग कुरा गर्दै अभिनेता बच्चन र जयाको सम्बन्ध बारे खुलासा गरेका हुन् । अमर सिंहका अनुसार अमिताभको माता पिता अर्थात जयाको सासु ससुरालाई जया निकै नराम्रो ब्यवहार गर्ने गर्थिन् । अमिताभले आफ्नो श्रीमतीले आफ्ना माता पितालाई गर्ने गरेको दुब्यवहार करीब पन्ध्र बर्षसम्म सामना गरे । त्यसपछि भने उनले आफ्नी श्रीमती जयालाई छुट्टै घरमा राखि आफु बुवा आमासंग बस्न थाले । अमिताभ बच्चनको आमा बुवाको मृत्यु भैसक्यो तर पनि उनीहरु दुई अझै अलग अलग  घरमा बस्दै आएका छन् । करीब तिस बर्षसम्म अमिताभका निकै नजिक साथी रहेका अमर सिंहका अनुसार छोरा अभिषेक र बुहारी ऐश्वर्या छुट्टै बंगलामा,अमिताभ  मुम्बईको प्रतीक्षा बंगला र जया बच्चन जलसा बंगलामा रहने गरेका छन् । आजसम्म पनि अमिताभ बच्चनले उनका बुवाको कोठामा बुवाले लगाउँने गरेको चश्मा ,पुस्तक यथावत् राखेका छन् । जसलाई उनी निकै निष्ठापुर्वक ति सामाग्रीलाई हरेक विहान् ढोग गर्ने गर्छन् ।   
एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री