शुक्रबार, ७ वैशाख २०८१

क्वालिटी मिट प्रोसेसिङको उत्पादनको माग बढ्दै

समयपोष्ट २०७३ फागुन ११ गते १३:१२

क्वालिटी मिट प्रोसेसिङ इन्डष्ट्री प्रा.लि. बुटवलको उत्पादनको माग बजारमा निकै बढेको छ ।  बुधवार पत्रकार सम्मेलनको आयोजना गरि इन्डष्ट्रीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद पौडेलले आफ्नो उत्पादन देश व्यापी सप्लाई भएको बताए ।
 यस इन्डष्ट्रीद्वारा उत्पादित चिकेन नुगेट्स, चिकेन बर्गर पाटी, चिकेन पपकर्न, चिकेन ब्रेस्ट कटलेट, चिकेन ससेज, फ्रोजेन बासा फिस, फ्रोजेन प्राउन, फ्रोजेन स्वीट कर्न एण्ड ग्रिन पिज, हास ब्राउन, भेजिक स्टीक, फ्रेन्च फ्राइ, आलु टिक्की, बर्गर पाटी, स्मोकी बाइटस्, सुपर वेयज लगायतका उत्पादनहरु हाइजेनिक हुनुका साथै स्वास्थ्य बद्र्धक भएको जनाइएको छ । 
क्वालिटी मिटि प्रोसेसिङ इन्डष्ट्रि २०५८ सालबाट बुटवलमा स्थापना  भएको हो । २०६६ सालबाट मिट प्रोसेसिङको काम गर्दै आएको छ । २०७३ बाट १ करोड ५० लाखमा  अटोप्लान राखेर उत्पादनमा वृद्धि गरेको छ । मुलुकभरिका विग मार्टमा यस प्रा.लि.को उत्पादन सहजै पाइन्छ । १५ करोडको लगानीमा स्थापना भएको यस प्रा.लि.मा ७३ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । बजार व्यवस्थापनमा १० जनाले काम गरिहरेको जनाइएको छ । १ सय २९वटा काउन्टरबाट उत्पादनहरु विक्रि वितरण भइरहेको प्रवन्ध निर्देशक पौडेलले जानकारी दिएका छन् । फ्रिज जडित गाडीबाट उत्पादनहरु सप्लाई हुने गरेको छ । जसले गर्दा उत्पादनमा शुद्धता र ताजापन रहिरहने जनाइएको छ । 
त्यसैगरी, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिनेश राज रेग्मीले उद्योगलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग संघले गर्दै आएको जनाएका छन् । उद्योग व्यवसायीको हक, हित र अधिकारको लागि संघ सधै तत्पर रहदै आएको अध्यक्ष रेग्मीको दावी रहेको छ । यस्ता उद्योगहरुलाई सरकारले प्राथमिकतामा राख्नु जरुरी छ । मुलुकलाई खाद्यान्नमा आत्मानिर्भर बनाउनका लागि यस्ता उद्योगहरु देशव्यापी खोल्नु जरुरी भएको अध्यक्ष रेग्मीले बताएका छन् ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री