बिहीबार, १३ वैशाख २०८१

भोलीबाट २८औँ औद्योगिक प्रदर्शनी सूरु हुँदै

समयपोष्ट २०७३ फागुन ११ गते ५:५५

‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ भन्ने नाराका साथ राजधानीको भृकुटीमण्डपमा २८औँ औद्योगिक प्रदर्शनी सुरु हुँने भएको छ । स्वदेशी वस्तुलाई एउटै छानामुनीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने उद्देश्यका आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा  स्थानीयस्तरमा उत्पादन भएका घरेलु सामग्रीलाई प्रदर्शनीमा राखिनेछन् । प्रदर्शनीमा ७५ वटै जिल्लाका तीन सयभन्दा बढी लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने जनाईएको छ । प्रदेश अनुसार छुट्टाछुटै कक्ष राखिने प्रदर्शनीमा प्राकृतिक रेशाबाट उत्पादित कपडा, सुर्खेत, जाजरकोटको किमती रत्न पत्थर, सिस्नुको पाउडर, जडीबुटी, बाँसका कपडा, मिथिला आर्ट, छ्वालीका विविध सामान, करुवा, खुकुरी, हातेकागज, अर्गानिक कफी, अल्लोबाट निर्मित सामान, ढाकाबाट निर्मित सामान तथा छालाजन्य वस्तु राखिनेछ । 

Advertisement

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा हुन लागेको सो कार्यक्रममा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीलाई पुरस्कार प्रदान गरिने छ ।   सर्वोत्कृष्ट उद्यमीलाई  ३० हजार तथा प्रदर्शनीमा राखिएका उत्पादनलाई विभिन्न १५ समूहमा विभाजन गरी प्रत्येक समूहबाट उत्कृष्ट हुनेलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री