बिहीबार, १३ वैशाख २०८१

पिकेकी स्ववियू अध्यक्ष उम्मेदवार दर्शना भन्छिन् ‘पहिलो हुँनेमा ढुक्क छु’

समयपोष्ट २०७३ फागुन १० गते ९:१५

कालिकोटकी दर्शना नेपाली पद्यकन्या क्याम्पस स्ववियु चुनावको अध्यक्षको उम्मेदवार बनेकी छिन् । २०३७ साल देखि नेपाल विद्यार्थी संघको बर्चस्व रहेको पद्यमकन्या क्याम्पसमा आउँदो फागुन १८ को स्ववियु चुनावमा अखिल क्रान्तिकारी (प्रचण्ड)को बिजय सुनिश्चत गर्न उनी जोडतोडले लागिपरेकी छिन् । कुल ३ हजार ४ सय बत्तिस मतदाता रहेको पद्यकन्या क्याम्पसमा यस बर्ष अखिल क्रान्तिकारीनै पहिलो हुँनेमा उनी  ढुक्क छिन् । अखिल क्रान्तिकारीले क्याम्पस परिसर भित्र विद्यार्थीहरुको लागि आयोजना गर्ने गरेको रचनात्मक कार्यक्रमहरु,सरसफाई अभियान लगायतका थुप्रै क्रियाकलापहरुले गर्दा विद्यार्थीहरुको झुकाव अखिल क्रान्तिकारी(प्रचण्ड) प्रति रहेको उनको ठहर छ । 
एघार बर्षको कलिलो उमेरमै भुमिगत जिवन बिताएकी उनले विद्यार्थीहरुको हक हितको निम्ति संगठनले थुप्रै कामहरु गरेको भन्दै उनी भन्छिन्, ‘यस अघि त्रिभुवन विश्व बिद्यालयले दिने एक मात्र छात्रबृत्ति विद्यार्थीहरुलाई क्याम्पसले प्रदान गर्ने गरेको थियो । अहिले हाम्रै पहलमा चार ओटासम्म छात्रबृत्ति विद्यार्थीहरुले पाउँने गरेका छन् ।’
पद्यकन्या क्याम्पसमा विद्यार्थीहरुले हाल अपांग छात्रबृत्ति, विद्यार्थी बित्तिय कोष, जनजाती विद्यार्थीहरुलाई दिईने छात्रबृत्ति,दलित उत्थान समितिले दिने छात्रबृत्ति विद्यार्थीहरुलाई पार्न आफ्नो संगठन सफल भएकै कारण विद्यार्थीको आकर्षण अखिल क्रान्तिकारी तर्फ रहेकोमा उनी बिस्वस्थ छिन् । 
विद्यार्थीहरुको लागि डिजिटल कार्डको ब्यवस्था, कलेजले विभिन्न शिर्षकमा विद्यार्थीहरुलाई दिईने स्विकृतिकोे लागि तिनुपर्ने रकम तिन सय बाट घटाएर एक सय बनाउँने जस्ता बिभिन्न विद्यार्थी केन्द्रित कार्यक्रमहरुले गर्दा अखिल क्रान्तिकारी पद्यकन्या क्याम्पसमा नम्वर एकमा रहेको अध्ययक्षकी उमेदवार नेपालीको ठहर छ । 

Advertisement

123
पद्यकन्या क्याम्पसकी वि.वि.एस चौथो बर्षकी विद्यार्थी उनी क्याम्पस प्रशासन भित्र हुने गरेका भ्रष्टाचार, ढिलासुस्ति,क्याम्पस हाताभित्र हुने गरेको गुणगर्दी लगायतका कुराहरुको अन्त्यको लागि पनि विद्यार्थीहरुले अखिल क्रान्तिकारीलाई नै जिताउँनेमा उनी ढुक्क छिन् । 
‘क्याम्पसको पुस्तकालयमा विद्यार्थीहरुले चाहेको पुस्तक पाउने गरेका छैनन् ,स्वच्छ खानेपानीको ब्यवस्था क्याम्पसमा  अझै हुँन सकेको छैन यसको लागि हाम्रो संगठनले पहल गरिरहेको छ,भुकम्प प्रतिरोधि भवनको लागि हामीले पहल गरिरहेका छौ, क्याम्पसको लाईब्रेरीलाई इ लाईब्रेरीमा रुपान्तरण गर्न हामी जोडले लागिपरेका छौ, उनि भन्छिन् ‘हाम्रो संगठन अखिल क्रान्तिकारी स्ववियु निवार्चनमा बिजयी भएपछि यि कार्य गर्न हामीलाई अझै सहज हुँनेछ ।’
 चार कक्षा पढ्दा पढ्दै माओवादी राजनितिमा होमिएकी उनी हाल अखिल क्रान्तिकारी(प्रचण्ड) केन्द्रिय समिती सदस्य समेत हुन् । दलित समुदायको पनि पप्रतिनिधित्व गर्दै स्ववियु चुनावमा होमिएकी उनी विद्यार्थीहरुको लागि प्राविधिक र रोजगारमुलक शिक्षाको लागि हरेक क्याम्पसबाट अखिल क्रान्तिकारी (प्रचण्ड)नै बिजय हुनपर्ने बताउँछिन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री