शुक्रबार, ७ वैशाख २०८१

शिक्षासम्बन्धी नीतिनियम बनाउने कार्यमा राज्य पक्ष कमजोर हुँदैगएको छ : शिक्षामन्त्री

समयपोष्ट २०७३ फागुन ८ गते ५:१३

शिक्षामन्त्री धनीराम पौडेलले शिक्षासम्बन्धी नीतिनियम बनाउने कार्यमा राज्य पक्ष कमजोर हुँदैगएको बताएका छन् । शिक्षा पत्रकार समूह को १७औं वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै  मन्त्री पौडेलले शिक्षा ऐन पारित भएको लामो समयसम्म पनि विभिन्न विषयमा थप छलफल गर्नुपर्ने भएकाले समयमा नियमावली आउन नसकेको र नीतिनियम बनाउने कार्यमा राज्य पक्ष कमजोर हुँदैगएको बताएका हुन् । 

Advertisement

कार्यक्रममा मन्त्री पौडेलले भने,“केही समयमा शिक्षा नियमावली पक्कै आउँछ”, नियमावलीमा कतिपय विषयमा अझै छलफल गरी थपघट गर्नुपर्ने भएकाले केही ढिलो भएको छ । उनले भने,” सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय, शिक्षक, सञ्चालक समिति तथा सरोकारवाला सबै एक भएर लाग्नुपर्नेमा जोड दिँदै आएको छ ।

कार्यक्रममा बोल्दै  मन्त्री पौडेलले संस्थागत विद्यालयमा विद्यार्थी बढ्दै र सार्वजनिक विद्यालयमा घट्दै जानु शिक्षाको गुणस्तरसँग जोडिएको समेत बताए । उनले सर्वसुलभ र सस्तो शिक्षाका रूपमा चिनिएको सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबैले ध्यान केन्द्रित गर्नुपर्ने पनि उल्लेख गरे । 

उक्त कार्यक्रमा शिक्षा क्षेत्रको सुधारमा योगदान गर्ने तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा दिदीबहिनी संस्थाकी अध्यक्ष सलोनी सिंह, देववाणी संस्कृत तथा साधारण मावि तानसेनका शिक्षक कृष्णबहादुर थापा र मेलम्ची ध्याङ मावि हेलम्बुका प्रधानाध्यापक पूर्ण गौतम रहेका छन् । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री