मंगलबार, ६ चैत २०८०

हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको समुद्घाटन, सरकारको ध्यान ठूला आयोजना निर्माणमा छ : प्रधानमन्त्री

समयपोष्ट २०७३ फागुन ५ गते ४:१७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मूख्य ध्यान ठूला जलासययुक्त आयोजनाहरुको निर्माणतिर भएको बताएका छन । पाँचथर जिल्लाको नागिनमा पाँचथर पावर कम्पनि लिमिटेडद्धारा निर्मित १४.९ मेघावाटको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन ।
‘देशैभरी साना जलविद्युत आयोजना निर्माणको व्यापक सम्भावना छ । सरकारको ध्यान मूख्य रुपमा ठूला जलासययुक्त आयोजना निर्माणमा छ’ कार्यक्रममा प्रधानमन्त्रीले भने, कम्पनि मोडलबाट तमोर जलासययुक्त आयोजना अघि बढ्दैछ । बुढीगण्डकी, तल्लो कर्णाली, पश्चिम सेतीजस्ता आयोजना सम्पन्न गरेर देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ, सरकार यही विश्वासमा छ ।’
त्यसै गरी उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनताहरु विकासको भोका भएको बताए । ‘नेपाली जनता विकासका भोका छन् । जनता विकासका लागि लामो समय पर्खन सक्दैनन् । छिटो तरिकाले विकासलाई सम्पन्न गर्नु हाम्रो आवश्यकता हो, मन्त्री शर्माले भने,  तर, हाम्रा काम गर्ने तौरतरिका पुरानै छन्, यसले जनताको विकासको भोकलाई मेट्न सकेको छैन । सम्माननीय प्रधानमन्त्रीज्यूको अगुवाईमा उज्यालो नेपाल अभियान चलिरहेको छ । उज्यालो नेपाल अभियान बत्ती बाल्ने अभियानमा मात्र नभएर देशलाई स्वाधीन र समृद्ध बनाउने रणनीतिक अभियान पनि हो ।’ 
कार्यक्रममा पूर्वसभामूख सुवासचन्द्र नेम्वाङले आयोजनाको उद्घाटनले पाँचथर जिल्ला उज्यालो जिल्ला बन्ने पूर्वाधार तयार भएको बताए । नेता नेम्वाङले जलविद्युत आयोजना बटन थिचेर उद्घाटन गरेजस्तै निर्वाचनको बटन थिचेर संविधान कार्यान्वयन गर्नु राष्ट्रिय आवश्यकता भएको बताए ।
२ अरब ६० करोड लगानीमा आयोजना सम्पन्न गरिएको १४.९ मेघावाटको हेवा खोला जलविद्युत आयोजना २०६७ सालबाट प्रारम्भ गरिएको थियो । यो आयोजना नेपालमा निर्माणाधीन आयोजनामध्ये कम लागतमा सम्पन्न गरिएको आयोजनाका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री