शुक्रबार, ७ वैशाख २०८१

फागुन २६ देखि चैत ४ गतेसम्म दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्ड कप हुने

समयपोष्ट २०७३ फागुन ५ गते ४:१५

दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता फागुन २६ देखि चैत ४ गतेसम्म नेपालगन्जमा आयोजना गरिने भएको छ । जिल्ला फुटबल संघ बाँकेले पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएको हो । टुबोर्गले ३ बर्षसम्म प्रतियोगिताको मुख्य प्रायोजन गर्ने भएपछि प्रतियोगता आयोजन सहज भएको जनाइएको  छ ।
 
प्रतियोगितामा सात वटा राष्ट्रिय फुटबल क्लबका साथै एक भारतीय फुटबल क्लबको सहभागिता रहने छन । बाँके फुटबल संघका अध्यक्ष भोजराज अनुसार प्रतियोगितामा मनांग मस्र्यांगदी क्लब, संकटा क्लब, नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरीको टोली, शसस्त्र प्रहरीको टोली, गत बर्षको विजेता सुदुर पश्चिम–११, मध्यपश्चिम–११ र भारतको दिल्ली युनाइटेड क्लबको सहभागिता रहने छ ।  

Advertisement

गत बर्ष आयोजना गरिएको प्रतियोगितामा एक रुपैयाँ प्रथम पुरस्कार रहेकोमा यस बर्ष सो राशी बृद्धि गरेर प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुनेलाई २ लाख ५१ हजार रुपैयाँ पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।  हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई एउटा मोबाइल सेट प्रदान गरिने छ भने म्यान अफ द सिरिज हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने संघका अध्यक्ष शाहीले बताए । प्रतियोगिताका लागि ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र सोही बमोजिम रकम संकलनमा लागेको शाहीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री