बुधबार, १२ वैशाख २०८१

एनसेलको ‘फेसबुक फ्रि’ योजना ,आजबाट एनसेल ग्राहकहरुले निःशुल्क फेसबुक चलाउन सक्ने

समयपोष्ट २०७३ फागुन ४ गते ७:०१

निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरुको लागि सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने सुविधा ल्याएको छ । 

Advertisement

फेसबुकसँगको सहकार्यमा ‘इन्टरनेट सबैका लागि’ योजना अन्तर्गत एनसेलले   ‘फेसबुक फ्रि’ योजना सार्वजनिक गरेको हो । यो सेवा बुधबारबाट लागु भई ९० दिनका लागि रहने एनसेलले जनाएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै  एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्नानाइ ग्रेनले ‘फेसबुक फ्री’ योजनाको संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।

‘फेसबुक फ्रि’ योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटोहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । 

एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’  बटन स्वतः देखिने छ । यो बटन  क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन ।  यो अफर फेसबुकसँग विश्वब्यापी रुपमा उसको आन्तरिक प्रणालीसँग मिलाईएको हुनाले निःशुल्क संस्करणको मजा लिनग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नपर्ने छैन । 

अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्क लाग्ने छ । फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागिग्राहकहरुले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिदगर्न पनि सक्नेछन् । एस्ट्रिक्स १२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार ग्राहकहरुले आफुलाई चाहिएको डेटा प्याकखरिद गर्न सक्नेछन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री