शुक्रबार, १६ चैत २०८०

त्रिवि शिक्षाध्यक्ष डा.त्रिपाठीको गाडीमा आगजनी

समयपोष्ट २०७३ फागुन २ गते ६:५२

त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष डा.सुुधा त्रिपाठीको गाडीमा ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै आगजनी भएको छ । डा. त्रिपाठी चढेको बा २ च ५६३० नम्बरको गाडीमा दुई युवाको समूहले आगजनी गरेका हुन् । गाडीमा रहेकी शिक्षाध्यक्षलाई ओरालेर गाडीमा आगजनी गरिएको डा. त्रिपाठीले बताएकी छिन् । स्ववियु चुनावलाई लिएर धेरै धम्की आउने गरेको त्रिपाठीले बताईन् त्यसैले उनी बाटो परिर्वतन गरी हिड्ने क्रममा यूएन पार्क हुँदै कीर्तिपुर हिडेकी थिइन् ।आगजनी कसले गरेको हो खुलीसकेको छैन ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री